रुकुमका तिन मतदान स्थल महिलाको कमान्डमा



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमका १११ मतदान केन्द्र मध्य ३ मतदान केन्द्रमा महिला मात्र खटिएका छन् । सुरक्षाकर्मीदेखी कर्मचारी सम्म महिला मात्र खटिएका हुन् । मुसिकोट नगरपालिकाका भित्रका सरस्वति मावि सल्ले, शिव आधारभुत बिद्यालय पिपलनेटा र यमुना नन्द नमुना मावि सेरीगाँउमा निर्बाचनमा खटिएका सबै कर्मचारी र सुरक्षा कर्मी महिला मात्र रहेका छन् । मुख्य निबार्चन अधिकृतको कार्यालयले प्रदेश सभा क्षेत्र नं १ का लागी कर्मचारी मतदान अधिकृत देखी कार्यालय सहयोगी सम्म महिला खटाएको हो ।

यस्तै ति मतदान केन्द्रमा प्रहरी देखी म्यादी सम्म महिला मात्र रहेका छन् । सरस्वती मावि सल्लेको क मतदान केन्द्रमा अनिता दण्डख्या मतखान अधिकृत छिन भने शिव आधारभुत प्राविको मतदान अधिकृतमा ह्रदयकली पौडेल छिन् यस्तै यमुनानन्द माविको ख मतदान केन्द्रमा दिक्षा पोख्रेल मतदान अधिकृत छिन् । तिन वटै मतदान केन्द्रमा ८–८ जना कर्मचारी खटिएका छन् । सहायक निबार्चन अधिकृत तेजप्रसाद पौडेलले महिलाले पनि जिम्मेवारी बहन गर्न सक्छन् भन्ने बिश्वासका साथ खटाएको बताए ।

यसै गरी आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निबार्चनको सबै तयारी पुरा भएको मुख्य निबार्चन अधिकृतको कार्यालय रुकुम पश्चिमले जनाएको छ । रुकुम पश्चिमका १११ मतदान केन्द्रमा निबार्चन टोली पुगेर मतदानको लागी गरिने सबै काम पुरा गरेको छ । मतदाताहरुमा यतिबेला मतदानको दिनको पखाईमा रहेका छन् । आफुहरु मतदान गर्न निकै उत्साहित भएको मतदाताको भनाई छ । जिल्ला स्तरमा पनि सर्वदलिय बैठक बसी मतदान गर्नमा मतदातालाई कुनै कठिनाई हुन नहुने निष्कर्ष निकालिएको छ ।

निबार्चनलाई असर पुग्ने जिल्लामा अहिले सम्म कुनै पनि घटना नघटेको र अव पनि त्यस्ता कुनै समस्या नआउने जिल्ला प्रशासन कार्यालयको दावी छ । सुरक्षाकर्मीको सजकता,मतदाताको उत्साह र समन्वयको अश्यासले कुनै अशान्ति नहुने प्रमुख जिल्ला अधिकारी बंशीकुमार आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्