बम पड्काएको आशंकमा विप्लव कार्यकर्ता प्रकाउ



सिर्जना पन्त, बागलुङ ।

मंसिर ४ गते राती सहकारी तथा गरिवी निवारण राज्यमन्त्री तथा बागलुङ क्षेत्र नं १ को कांग्रेस उम्मेदवार चम्पादेवी खड्काको घरमा भएको बम बिष्फोटमा संलग्न भएको आशंकामा जिल्ला प्रहरी कार्यालय बागलुङले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सह–इन्चार्ज नन्दराम थापाई गिरफ्तार गरेको छ । थापालाई प्रहरीले काँठेखोला गाउँपालिका–४ उनकै निवासबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले बताउँनुभयो ।

घटनामा संलग्नहरुको खोजी गर्ने क्रममा थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्यालयले जनाएको छ । यसैबीच निर्वाचन विरोधी गतिबिधिमा संलग्नहरुलाई तत्काल नियन्त्रणमा लिएर कार्वाही थालिने भएको छ ।

गृह मन्त्रालयले निर्वाचनका गतिबिधिलाई प्रभावित गर्ने काम गर्ने जोसुकैलाई पक्राउ गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘माथिबाट पक्राउ गरी कार्वाही चलाउनु भन्ने निर्देशन आएको छ’ प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले भन्नुभयो ‘सुरक्षा ब्यवस्थालाई थप कडा बनाईएको छ ।’ उहाँले बिगतका निर्वाचन गतिबिधिमा अबरोध गर्नेहरुको समेत खोजी भैरहेको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्