चुनावी एजेन्डा बनेन ‘छाउपडि’



दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा छाउगोठमा बसेकी एक युवती ।

हिक्मत नेपाली, दैलेख । गत जेठ ८ गते चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ४ की लालसरा विकले छाउगोठमा बसेकै कारण ज्यान गुमाइन् । उक्त घटनाको एक महिना नबित्दै असार २२ गते चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ६ लैनचौरकी १९ बर्षिया तुल्सी शाहीको छाउगोठ बसेका बेला सर्पले डसेर उपचारकै क्रममा ज्यान गयो । लालसरा र तुल्सीको मृत्यु प्रतिनीधि पात्र मात्रै हुन् । महिनावारी हुँदा छाउगोठ बस्नुपरेकै कारण जिल्लामा यस अघि दर्जनौ महिलाहरुले अकालमै ज्यान गुमाएका छन् । तर छाउपडी समस्या भने कायमै छ ।

विभिन्न गैरसरकारी संस्थाको अगुवाइमा केही वर्ष अघि छाउगोठ हटाइएका स्थानहरुमा पनि छाउपडि जस्ताको तस्तै छ । सीमित अवधिका लागि सञ्चालित ती अभियानहरुप्रति जनताको अपनत्व नहु“दा पुनः छाउगोठ बन्न थालेका छन् । अहिलेपनि दैलेखका विभिन्न स्थानहरुमा अधिकांश घरधुरीमा छाउ बार्ने कुप्रथा कायमै छ ।

दैलेखका दुई प्रतिनीधि सभा र ४ वटा प्रदेश सभा सदस्यका उम्मेदवारहरु यतिबेला गाउ“–गाउ“मा आमसभा र घरदैलो गर्दै मतदातासंग भोट मागिरहेका छन् । दैलेख प्रतिनीधि सभा निर्वाचन क्षेत्र १ मा बाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा लोकतान्त्रीक गठबन्धनबाट राप्रपाका दिपक कुमार शाही मुख्य प्रतिशपर्धी छन् । प्रदेश (क) मा बामगठबन्धनका धर्मराज रेग्मी र लोकतान्त्रीक गठबन्धनका कृष्ण कुमार विसी मुख्य प्रतिशपर्धी छन् । प्रदेश (ख) मा बामगठबन्धनका अम्मर बहादुर थापा र लोकतान्त्रीक गठबन्धनका जगतजंग थापा मुख्य प्रतिशपर्धी छन् ।

यस्तै प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधी सभाका लागि बाम गठबन्धनका राज बहादुर बुढा र लोकतान्त्रीक गठबन्धनका शिवराज जोसी मुख्य प्रतिशपर्धामा छन् । प्रदेश (कं मा बामगठबन्धनका शुसिल थापा र लोकतान्त्रीक गठबन्धनका मधुरविक्रम खनाल मुख्य प्रतिशपर्धी छन् । प्रदेश (ख) मा बामगठबन्धनका राज बहादुर शाही र लोकतान्त्रीक गठबन्धनका दिक्पाल शाही मुख्य प्रतिशपर्धी छन् ।

प्रतिनीधि समा सदस्य र प्रदेश सभा सदस्यका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फका उम्मेदवारहरु अहिले मतदाता फकाउन घर दैलो संगै आम सभामा व्यस्त छन् । चुनावी सभा र मतदाताको घरदैलोमा पुगेका उम्मेदवारहरुको बोली भने उहि पुरानै छ । सडक, खानेपानी, स्कूल क्याम्पस, टेलिफोन टावर निर्माण, विद्युत, विस्तार, रोजगारी सिर्जना गर्ने लगाएतका चर्का नारा लगाइरहेका छन् । उम्मेदवारहरुले विकास पूर्वाधार निर्माणमै केन्द्रित भएर आफ्नो भाषणको अधिकांश समय खर्चने गरेका छन् । बरु, एक आपसमा प्रतिष्पर्धी उम्मेदवार तथा पाटीलाई व्यक्तिगत लाञ्छाना लगाउन समेत पछि परेनन् । दैलेख चामुण्डा विन्द्रासैनीका मदन वि.क. भन्छन् ‘सबै पार्टीका भाषण सुनें । विगतमा जे आश्वासन दिएका थिए अहिले पनि तीनै दोहो¥याए ।

आश्वासन दिनेमै होडबाजी चलिरहेको छ ।’ नेताहरुले भोट केन्द्रित राजनीति गरेकाले थुपै्र सामाजिक सवालहरु ओझेलमा परेको मदन बताउ“छन् । उम्मेदवार र तीनका सर्मथक नेताहरुको भाषणमा छाउपडी, जातीय विभेद, बालविवाह जस्ता विकराल सामाजिक समस्याले स्थान नपाएको उनको भनाई छ । ‘यस्ता समस्याहरुका बारेमा उम्मेदवारहरु बोल्नै डराउछन्, महिला अधिकारको क्षेत्रमा काम गर्ने लाँकुरीकी मिना बुढा भन्छिन् ‘जे बोल्दा मतदाताहरु रुचाउ“छन् । तीनै शब्द दोहो¥याई–तेह¥याई बोल्छन् ।” मैंले सबै दलका आमसभा हेरे र भाषण पनि सुने, बुढाले भनिन “छाउपडी शब्द त कुनैपनि उम्मेदवारले उच्चारण गरेको पाइन् ।’

विशेष गरि जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा छाउपडीको विकराल समस्या छ । सुदुरपश्चिम (अछाम) संग सीमा जोडिएको यो क्षेत्रमा छाउपडी र एचआईभी÷एड्सको समस्या अन्य क्षेत्र भन्दा बढी छ । महिनावारी हु“दा घरदेखि अलग्गै बस्नुपर्ने बाध्यता कायमै छ । छाउ बार्दा यस क्षेत्रका महिलाहरु बलात्कार, जिवजन्तुको आक्रमण, सर्पले डस्नेजस्ता पीडाहरु भोग्न बाध्य भएका छन् । जसका कारण महिलाहरुले अकालमै ज्यान गुमाइरहेका छन् ।

जनताको विश्वास प्राप्त गर्न मैदानमा होमिएका उम्मेदवारहरुले छाउपडि अन्त्यको मुद्दालाई चुनावी एजेण्डा बनाउन सकेका छैनन् । दैलेखको आठबीस नगरपालिकाकी उप–प्रमुखसमेत रहेकी कांगे्रस नेतृ दीपा बोहराले सामाजिक रुपान्तरण, सशक्तिकरणको पाटो ओझेलमा परेको बताउ“छिन् ।्‘सामाजिक रुपान्तरणलाई बाइपास गरेर भौतिक पूर्वाधार निर्माणबाट मात्र सम्वृद्ध समाजको परिकल्पना गर्न सकिन्न् । नेताहरुले बुझेर पनि बुझ पचाइरहेका छन्’ उनी भन्छिन्, ‘आर्थिक उन्नति चाहने हो भने समाजमा व्याप्त विकृति–विसंगतिलाई निवारण गर्न दलहरुसंग दृढ इच्छाशक्ति चाहिन्छ ।’ कांगे्रसको निर्वाचन परिचालन कमिटीमा रहेकी उनले महिला (समानुपातिक) उम्मेदवारले भने प्रष्टैसंग कुरा उठाउने गरेको बताइन् । छाउपडीविरुद्ध योजना सुनाए समाजकै एउटा तप्काले नरुचाउने प्रवृत्ति बाधक रहेकाले चुनावी मुद्दा बन्न नसकेको उनको बुझाई छ ।

उम्मेदवारहरुले आफ्नो प्रतिवद्धता–पत्रमा छाउपडी न्यूनिकरणलाई बहसको विषय बनाउन नसकेको दैलेखका सामाजिक अभियान्ता हिरासिंह थापाले बताए । समाजका पुरुष र कतिपय बुढापाका महिलाहरु समेत छाउपडी कुप्रथाकै पक्षमा रहेकाले उम्मेदवारहरु डराएको उनी बताउछन् । उम्मेदवारहरुले स्थानीय समस्यालाई सम्बोधन गरेर तयार गरेको प्रतिवद्धतापत्रमा ‘सामाजिक कुरीति, अन्धविश्वास, जातीय उत्पीडन, छाउपडी, बालविबाह, बहुविवाहलाई विभिन्न योजना बनाएर जरैदेखि निर्मूल गरिनेछ’ भन्ने उल्लेख छ । कसरी अन्त्य गर्ने ठोस आधार उल्लेख छैन् । यसले गर्दा सचेत मतदाता उम्मेदवारहरुप्रति संशकित छन् । लाँकुरीका रेशम नेपाली भन्छन्, ‘बिकाउ नारा दिएर जनता अलमल्याउने प्रवृत्ति रहुञ्जेल अन्धविश्वास, कुरीति समाजबाट हट्दैन ।’

सरकारले मुलुकी अपराध संहिता २०७४ मार्फत् छाउपडी बार्न बाध्य पार्नेलाई दण्ड सजायको व्यवस्था गरेको छ । महिलाको महिनावारी हुँदा तथा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु वा गराउन नहुने व्यवस्था गरेको छ । यदि कसैले त्यस्तो गरेको पाइएमा ३ महिना कैद र ३ हजार रुपैया“सम्म जरिवाना हुने व्यवस्था छ । नेपालको संविधानको मौलिक हकमै मर्यादित महिनावारीका बारेमा प्रष्ट उल्लेख गरेको छ । पछिल्लो मुलुकी अपराध संहिताले त कानुनमै सजाय किटान गरिसकेको सन्दर्भमा समेत दलहरुले स्थानीयस्तरमा चुनावी एजेण्डा बनाउन सकेका छैनन् ।

निर्वाचनको प्रचार प्रसारमा होमिएका उम्मेदवारहरु भने छाउपडी निवारण आफूहरुको प्राथमिकतामै राखेको बताउछँन । दैलेख–२ का बाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजबहादुर बुढा समाज रुपान्तरणका लागि आर्थिक क्रान्तिको जत्तिकै सामाजिक क्रान्ति जरुरी रहेको बताउ“छन् । बुढा भन्छन् ‘मैंले सामाजिक विभेद उत्पीडनका कुराहरु चर्कै रुपमा उठाएको छु । सोही क्षेत्रका कांगे्रस उम्मेदवार शिवराज जोशी छाउपडी समस्यालाई न्यूनीकरण गर्न आफूसंग ठोस योजना रहेको बता“उदै भन्छन्, ‘चुनावमा यस्ता कुरा नउठ्न पनि सक्छन् । यस्ता कुसंस्कार अन्त्य गर्ने भिजन बोकेको छु ।’ दैलेख प्रतिनीधि सभा क्षेत्र नं. १ को प्रदेश क मा बाम गठबनधनका उम्मेदवार धर्मराज रेग्मी भन्छन “मतदातालाई विकासका कुरा संगै सामाजिक रुपमा कुप्रर्था मानिएका विषयहरुलाई समेटेर सम्बोधन गरेकै छौ ।” छाउपडि, बालविवाह जस्ता कुप्रथाहरुलाई हामीले जनताका माझ उठाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्