काग्रेसलाई पनौतीको भर !



नेपाल समाचारपत्र, काभ्रे । काग्रेस काभ्रेको निर्वाचन परिचालन समिति प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा २ मा पर्ने पनौति क्षेत्रमा सक्रिय भएको छ । पनौती बजार भित्रका ईमान्दार काग्रेस नेता तिर्थ पसखलको टिकट खोसेर फोरमबाट काग्रेस प्रवेश गरेका सेलिब्रटी डन गणेश लामाले टिकट ल्याएपछि पनौति क्षेत्रका मतदाता दोधारमा रहेको भन्दै काग्रेस पनौती केन्द्रित भएको हो ।

पनौति क्षेत्रका मतदातको चाहना बुझ्न नसकेपछि काग्रेसका उमेद्वारहरु आत्तिएका छन् । काभ्रे क्षेत्र नम्बर १ अन्तर्गत पनौति नगरपालिकाको वडा नम्बर ४ देखि १० सम्म सातवटा वडा प्रदेशसभा २ मा पर्छ । प्रतिनिधिसभा तर्फ काग्रेस सभापति शेरवहादुर देउवा निकट निवर्तमान सांसद तिर्थ लामा उमेद्वार छन् । प्रतिनिधिसभाका उमेद्वार तिर्थ लामामाथि पनि यस अघि पार्टीको महाधिवेशन हुदा आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि पठाउदा तामाङ जातिहरुलाई मात्र प्राथमिकता दिएको आरोप छ ।

लामा क्षेत्र नम्बर १ को क्षेत्रिय सभापति समेत हुन । निर्वाचनमा करोडौं रुपैया खर्च गर्न सक्ने भन्दै प्रदेशसभा २ मा फोरमबाट काग्रेस प्रवेश गरेका लामालाई टिकट दिए संगै पनौतिका मतदाता मौन बसेका हुन । उमेद्वारी दर्ताको दिन कात्तिक १६ गते विहान बालुवाटार गएर तिर्थ लामा, शिव हुमागाई, सुन्दरमणी आचार्य, गणेशलामा लगाएत गएर करोडौ खर्च गरेर भएपनि निर्वाचन जित्छौं भनेपछि पसखलको टिकट क्यान्सिल गरि सभापति देउवाले प्रदेशसभामा गणेश लामालाई टिकट दिएको एक नेताले बताएका छन् ।

लामालाई टिकट दिन विजयकुमार गच्छेदारले समेत दबाब दिएका थिए । उमेद्वारी दर्ताको दिन पसखलको टिकट खोस्न काभ्रेबाट नेताहरु प्रधानमन्त्री देउवा निवास बालुवाटार पुगेको खवर पाउनासाथ पसखल पनि हत्तारीदै बालुवाटार गएका थिए । विहान ९ वजे पसखल महेश खरेल, भगवान अधिकारी लगाएतका नेताहरु लिएर बालुवाटार पुग्दा उनीहरुले लामाको नाममा टिकट ल्याइसकेको पसखल निकट एक नेताले बताए । पसखललाई अहिले चुनाव प्रचारप्रसार समितिको जिम्मेवारी दिइएको छ । काग्रेस संसदिय समितिका सदस्यहरु बालकृष्ण खाण, डा. प्रकाशसरण महत, पुर्ववहादुर खड्का लगाएतका नेताहरुले गुण्डा नाईके लामालाई टिकट दिदा सिङ्गो काँग्रेसको छवी विग्रने भन्दै पसखललाई नै टिकट दिन आग्रह गरेका थिए । अघिल्लो दिन साझ सम्म पनि ती नेताहरुले पसखललाई तपाई उमेद्वार पक्का भनेका थिए । अघिल्लो संविधानसभा निर्वाचनमा फोरमबाट उमेद्वार भएका लामालाई काग्रेसका अन्तरघात गर्नेहरुले मत दिएको कारण ५ हजार मत ल्याएको बताइदै आएको छ ।

अन्तरघातकै कारण अघिल्लो निर्वाचनमा शिवहुमागाईले यो क्षेत्रमा पराजित भोग्नुपरेको थियो । बालुवाटारमा पसखल पुगेको १५ मिनेट पछि गणेशलामाले टिकट लिएर निस्किएका थिए भने पसखललाई प्रधानमन्त्रीले भेट गर्न नै दिएका थिएनन् । उमेद्वारी दर्ताकै दिन पसखलको टिकट खोस्न समय लागेपछि निर्वाचन आयोगको कार्यालय काभ्रेले नेपाली काग्रेसलाई उमेद्वारी दर्ताको लागि विहान ११ वजेको समय दिए पनि दिउसो १ वजे मात्र उमेद्वारी दर्ताको लागि काग्रेस निर्वाचन कार्यालय पुगेको थियो । प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नम्बर १ मा पुर्व सभापति शीवप्रसाद हुमागाईले टिकट नपाएपछि उहाले आफु उमेद्वार हुने आकाक्षा त्यागेका थिए ।

अहिलेसम्मको चुनावी माहौल अन्तर्गत काभ्रे क्षेत्र नम्बर १ मा बाम गठबन्धनले कोशीपारि क्षेत्रबाट दुईहजार मतले लिड गर्ने र डाडापारि क्षेत्रबाट १ हजार ५ सय मतले लिड गर्ने अनुमान गरिएको छ । बाम गठबन्धनको यो लिडलाई पनौती क्षेत्रबाट तिर्ने काग्रेसको रणनीति रहेको स्रोतले जानकारी दिएको छ । काभ्रे १ को प्रदेश २ अन्तर्गत नमोवुद्ध नगरपालिका १ र २ तथा ६ देखि ११ सम्मको वडाहरु पर्छ भने धुलिखेल नगरपालिकाको वडा नंम्बर ८ देखि १२ सम्म पर्छ । बेथानचोक वडा नम्बर ६ पनि यहि क्षेत्रमा राखिएको छ । साथै रोशी गाउपालिकाको वडा नं १ देखि ५ सम्म र खानीखोला गाउपालिका पुरै यो क्षेत्रमा पर्दछ । चौरी देउराली गाउपालिका, नमोवुद्ध नगरपालिकाको बाकी वडाहरु, तेमाल गाउपालिका, महाभारत गाउपालिका र रोशी गाउपालिकाको बाकी वडाहरु प्रदेशसभा १ मा पर्छ ।

प्रतिक्रिया दिनुहोस्