रामेछापमा बम बिस्फोट, स्थिति तनावग्रस्त



मन्थली । रामेछापको खाँडादेवी गाउँपालिका–७ गाल्पाको सीमाना पर्ने चोप्राङ मतदान केन्द्रमा माइन बम बिस्फोट भएको छ । चुनावी गाडीलाई लक्षित गरी जमिनमुनि बिछ्याएर राखिएको बम बिस्फोट भएको हो ।

बम बिस्फोट हुँदा गाडी नपरेपनि तहाँको स्थिति तनावग्रस्त बनेको छ । मतदान केन्द्र नजिकै बम बिस्फोट भएपछि त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्