सरकारद्धारा मेडिकल शिक्षाको लागि बंगलादेश जान रोक



काठमाडौं । नेपाल सरकारले बंगलादेशमा मेडिकल शिक्षा पढ्न जान रोक लगाएको छ ।अवैधानिक तवरले लुकीछीपी अझै पनि बंगलादेशमा नेपाली विधार्थी पढीरहेको खवर पश्चात सरकारले बंगलादेशमा मेडिकल पढ्न जान रोक लगाएको छ ।

बंगलादेशका नेपाली विद्यार्थी पढ्ने कलेजहरु धेरै जसोै दर्ता नभएको, मापदण्ड पूरा नगरेको, विश्वविद्यालयबाट सम्वन्धन नलिएको पाईएको र यसो हुँदा कैयौं कलेजहरु कालो सूचीमा परेको जसका कारण लाखौं खर्च तथा विधार्थीको भविश्य अन्यौलमा पर्दैआएको हुँदा सरकारले यस्तो निर्णय लिएको हो ।

धेरै नेपाली विद्यार्थीहरु मेडिकल शिक्षाका लागि बंगलादेश जाने तथा एजेन्ट एबं कन्सलटेन्सी मार्फत बंगलादेशमा पढ्न पठाउने गर्दछन् । राम्रोसँग नबुझिकन पढ्न जाँदा नेपाली विद्यार्थीहरु फस्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्