तस्करहरुसँग घुस खाएर चिम्पान्जी तस्कर गरेका ​विमानस्थलका दुई कर्मचारी सिआईबी हिरासतमा



काठमाडौं  । तस्करहरुसँग  घुस खाएर चिम्पान्जी तस्करीमा सहयोग गरेको आरोपमा दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थल भन्सार कार्यालयका नायब सुब्बा चुणामणि शर्मा दाहाल र  क्वारेन्टाइन कार्यालय, काठमाडौंका नायब सुब्बा( भेटनरी चिकित्सक) धिरेन्द्र साहलाई  प्रहरीले बुधबार पक्राउ गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले  उनीहरुलाई पक्राउ गरी   बन्यजन्त तस्करी तथा संगठित अपराध मुद्दामा  अनुसन्धान अघि  बढाइएको डिआईजी पुष्कर कार्कीले बताए । तस्करीमा सहयोग गरेको आरोपमा विमानस्थल भन्सार कार्यालयले एक महिनाअघि नै नासु दाहालसहित भन्सार अधिकृत आशुतोष राई र अर्का नासु लीला पनेरुलाई निलम्बन गरिसकेको छ । सिआईबीले विमानस्थलबाटै पास भएका दुईवटा चिम्पान्जी, आठवटा बाँदर र  एक सय १२ वटा चरासहित तस्करीमा संलग्न ६ जनालाई ३१ असोजमा पक्राउ गरेको थियो । तस्करीमा संलग्न सञ्जीव भारती, राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फयन र सरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खानलाई सिआईबीले पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा उनीहरुले भन्सार र क्वाइेन्टाइनका कर्मचारीलाई घुस खुवाएर चिम्पाञ्जि तस्करी गर्दै आएको खुलेपछि कर्मचारी पनि पक्राउ परेका हुन् । विमानस्थलका अन्य कर्मचारीहरु समेत छानबिनमा रहेको सिआईबी स्रोत बताउछ ।

प्रतिक्रिया दिनुहोस्