वडाध्यक्षबाट कांग्रेस सभापति कुटिए



धादिङ । धादिङको नीलकण्ठ नगरपालिक–१४ धुवाँकोटमा नेपाली कांग्रेसका स्थानीय नेतामाथि आक्रमण भएको छ । नेपाली कांग्रेस धुवाँकोट गाउँसमितिका सभापति २६ वर्षीय सन्तोष बस्ताकोटीलाई वडा प्रमुख रोशन तामाङ्सहित ९ जनाको समूहले आक्रमण गरेको पीडितका परिवारले आरोप लगाएका छन् ।

बस्ताकोटीलाई शुक्रबार बिहान करिब पौने ६ बजे घरमै सुतेको बेला वडा प्रमुखसहितको टोलीले हातहतियारसहित आक्रमण गरी गरी घाइते बनाएको परिवारले आरोप लगाएका हुन् ।

सख्त घाइते बस्ताकोटीको टाउको र दुवै खुट्टामा गहिरो चोट लागेको छ । घाइते बस्ताकोटीलाई हेलिकप्टरबाट उपचारका लागी वीर अस्पतालको ट्रमा सेन्टर ल्याइएको नेपाली कांग्रेस धादिङले जनाएको छ ।

आक्रमणमा संलग्न भनिएका निर्वाचित वडा प्रमुख रोशन तामाङसहित नेत्र नेपाल, दिपेन्द्र वस्ती, कमल अधिकारी सहितको समूहलाई प्रहरीले खोजतलाश गरिरहेको छ ।

सोही वडा निवासी नेकपा एमालेका निर्वाचन क्षेत्र नम्बर २ का प्रदेश १ का उम्मेदवार रामकुमार अधिकारीले प्रयोग गर्ने जीवन मगरको गाडी प्रयोग गरी आएका आक्रमणकारीहरुको प्रहरीले खोजतलास गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्