१३ राउण्ड हवाइ फायर पछि रसुवा तनावग्रस्त, धादिङमा पनि बम भेटियो



काठमाडौँ । राजनीतिक दलका कार्यकर्ताबीच झडप हुने स्थिति आएपछि गएराति ११ बजे दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा हवाइ फायरिङ भएको छ ।
लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका कार्यकर्ताबीच एकआपसमा झडप हुन थालेपछि १३ राउण्ड हवाइ फायरिङ गरिएको र अहिले त्यस क्षेत्रको स्थिति सामान्य रहेको प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए ।
मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन थप सुरक्षा गस्तीलाई तीव्रता दिइएको पनि उनले जानकारी दिए ।

यता पृथ्वी राजमार्ग स्थित धादिङको महेशदोभानमा शुक्रबार बिहान सकेट बम फेला परेको छ । अज्ञात समूहले राखेको सो बम ६ नम्बर बाहिनि बैरेनीबाट गएको नेपाली सेनाको टोलीले निश्क्रिय गरेको जिप्रका धादिङले जनाएको छ । बम फेला परेपनि केहीबेर राजमार्ग अबरुद्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्