बाल सृजनालय र श्री दुर्गा च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
बाल सृजनालय स्कुल र श्री दुर्गा सेकेन्डरी स्कुलले यस सिजनको कोकाकोला कप अन्तरस्कुल राष्ट्रिय फुटबल प्रतियोगितामा उपाधि जितेका छन्।

शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको ब्वाइजतर्फको फाइनलमा काठमाडौंको बाल सृजनालय स्कुलले सर्लाहीको एभरेस्ट सेकेन्डरी एकेडेमीलाई १–० ले हराएको हो। प्रतीक आले मगरले ७२औं मिनेटमा गरेको गोल नै निर्णायक भएपछि बाल सृजनालय उपाधि जित्न सफल भयो।

यसैगरी गल्र्सतर्फको फाइनल खेलमा रौटहतको श्री दुर्गा सेकेन्डरी स्कुलले स्याङ्जाको भुम्रे सेकेन्डरी स्कुललाई ७–० गोलअन्तरले हराएर उपाधि पक्का गर्यो। टोलीको जितमा निकिता ठोकर एक्लैले चार गोल गरिन्। उनले ३०औं, ३८औं, ४७औं र ५५औं मिनेटमा गोल गरेकी थिइन्।

यस्तै दिलकुमारी रानामगरले १९औं मिनेटमा गोल गरी टोलीलाई अग्रता दिलाएकी थिइन्। साथै रश्मीकुमार घिसिङले ३५औं र ५२औं मिनेटमा गोल थपेपछि श्री दुर्गा स्कुलले एकोहोरो जित निकालेको थियो।

यसअघि सोही स्पर्धाको तेस्रो स्थानका लागि भएको खेलमा सिन्धुपाल्चोकको सेती देवी शारदा सेकेन्डरी स्कुलले कैलालीको श्री शंकर सरस्वती अन्नपूर्ण स्कुललाई टाइबे्रकरमा ३–२ ले हराएको थियो।

प्रतिक्रिया दिनुहोस्