ब्रह्मोसको सफल परीक्षण



नयाँदिल्ली, (एजेन्सी)
भारतले बुधबार सुपरसोनिक क्रुज क्षेप्यास्त्र ब्रह्मोसलाई सुखोइ लडाकू विमानबाट सफल परीक्षण गरेको छ। भारत र रुसको संयुक्त प्रविधिबाट विकास गरिएको उक्त क्षेप्यास्त्रको जल र थलबाट यसअघि नै सफल परीक्षण गरिसकेको थियो। पछिल्लो परीक्षणले ब्रह्मोस जल, थल र वायुबाट प्रहार गर्न सक्ने क्षेप्यास्त्र बनेको छ। यो क्षमतालाई ट्रायड भन्ने गरिन्छ। ट्रायडको विश्वसनीय क्षमता अमेरिका, रुस र सीमितरूपमा फ्रान्ससँग मात्र रहेको बताइन्छ। ब्रह्मोसलाई विश्वको सबैभन्दा तीव्र वेगका सुपरसोनिक क्षेप्यास्त्रमध्येको एक मानिन्छ। यसको गति २ दशमलव ८ माक (ध्वनिको गति बराबर) छ।

प्रतिक्रिया दिनुहोस्