दिलको राजा सार्वजनिक



गायिका देसु गोलेले यो दिलको राजा बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्।

देसुकै शब्दको गीतमा नेपाली तारा विजेता गायक प्रताप लामाको स्वर र संगीतकार अर्जुन पोखरेलको संगीत छ। म्युजिक भिडियोमा अभिनेतृ शिल्पा पोखरेल र रक्षा श्रेष्ठका साथ गौरव पहारीको अभिनय छ। भिडियोमा त्रिकोणात्मक प्रेमकथा छ।

ज्ञानेन्द्र शर्माले खिचेको भिडियोलाई प्रवीण श्रेष्ठले सम्पादन गरेका छन् भने पासाङ योञ्जन लामाले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्