थबाङमा बाम गठबन्धनको प्रचार टोलीमाथि बम प्रहार !



रोल्पा । संयुक्त वाम गठबन्धन थबाङ गाउँपालिकाको प्रचार टोली माथि ग्रिनेट प्रहार भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचन आउन अब ३ दिन मात्रै बाँकी रहँदा बम आतंक रोल्पामा रोकिएको छैन् । बिहिबार दिउसो १ बजेरतिर थबाङगाउँपालिकाको फुन्टीबाङमा नजिकैको जंगलबाट बम प्रहार भएको थियो ।

थबाङगाउँपालिका प्रचार प्रसार संयोजक रिसिकेश बुढा सबिन लगायतको टोली माथि प्रहार भएको बमका कारण कुनै क्षति नभएको बताइएको छ ।

थबाङगाउँपालिका उवा निवासी नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा तर्फका समानुपातिक उम्मेदवार नबिन रोकामगर लगायतको टोलीमाथि ग्रिनेट प्रहार भएको थबाङ प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्