दैलेखलाई पेट्रोलको खानीमय बनाउने ओलीको प्रतिबद्धता



भन्छन्ः पार्टी एकता कसैले रोक्न सक्दैन् ।

हिक्मत नेपाली, दैलेख ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दैलेखलाई पेट्रोलको खानीमय जिल्ला बनाउने उद्घोष गरेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको सयुक्त बामगठबनधनले विहिबार दैलेख सदरमुकामका गरेकोे चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दैलेखलाई ऐतिहासिक पर्यटकिय गन्तव्र्य र पेट्रोलको खानीमय जिल्लाको रुपमा विकास गर्ने उद्घोष गरेका हुन् ।

अघी दैलेख आउदा श्रीस्थानमा पेट्रोल खानी भएको सम्भावना देखेको थिए, अध्यक्ष ओलीले भने “प्रधानमन्त्री हुने वित्तीकै पेट्रोलको सर्बे गर्न लगाए ।” सर्बे पश्चात पेट्रोल छ, खानी छ र उत्खनन् गर्न सकिन्छ भन्ने कुरा पत्ता लागेको छ । त्यसको छिट्टै नै उत्खनन् गर्ने ओलीले घोषणा गरे । अब नेपाल पानीको मात्र धनी होइन पेट्रोलको पनि धनी देश हुने अध्यक्ष ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले दैलेख जिल्ला साँस्कृतिक र धार्मीक सम्पदाले ऐतिहासीक जिल्ला भएको बताउदै दैलेखले नेपालको गौरब र आजको नेपाल राष्ट्र निर्माण हुनुभन्दा अगाडी देखि नेपाली मन, नेपालको गौरब लाई एैतिहासिक रुपमा राखेको बताए । डोटी, सिंजा अथवा दुल्लु राजधानी हुँदा दैलेखले मुलुककको गौरब ऐतिहासिक राखेको छ, उनले भने दैलेखको दुल्लुमा रहेको सिलालेख मुलुककै ऐतिहासिक भएको बताए ।

अर्को प्रसंग जोड्दै अध्यक्ष ओलीले प्रत्येक ६÷६ महिनामा सरकार फरिने नियतिको अन्त्य गर्न नेकपा एमाले र माओवादीको गठबन्धन कायम गरिएको बताए । निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने उनको भनाई थियो ।

बाम सरकारले जनजिविका सवाललाई प्राथमिकतामा राख्ने, भ्रष्टाचारको अन्त्य गर्ने, गरिवी न्यूनीकरण गर्ने लगायतका योजना रहेको सुनाए । ‘निर्वाचन जित्न मात्रै गठबन्धन नभएको उनको भनाइ थियो । चुनाव जित्नका लागि गठबन्धन कायम भएको भन्दै कांग्रेसले भ्रम फैलाइरहेको भन्दै अध्यक्ष ओलीले मुलुकलाई समाजवादको दिशामा हिडाउन गठबन्धन कायम भएको जीकिर गरे । चुनाव अगावै पार्टी एकता गर्ने कुरा थियो । ओलीले भने “समय नपुगेकाले एकता हुन सकेन्, निर्वाचन लगत्तै पार्टी एकता हुनेमा सबै ढुक्क हुनुस् ।” निर्वाचन पछि पार्टी एकता हुन्छ उनले भने “एमाले र माओवादीको पार्टी एकता भयो भयो, अब कसैले रोक्न सक्दैन् ।

उनले राज्यबाट नागरिकहरुले प्राप्त गर्ने सुविधा तथा सहुलियतहरुमा अहिलेको संविधानले फरक व्यवस्था गरेको औल्याउदै अबको निर्वाचनले त्यो फरक व्यवस्था गरिएको कुराहरुलाई नयाँ ढाँचा बाट संस्थागत गर्ने बताए । त्यसका निम्ती नेकपा एमाले र माओवादीले एउटै पार्टी बनाएर अगाडी बढन्े फैसला गरेको अध्यक्ष ओलीले उद्घोष गरेका छन् । ओलीले दुई वटा पार्टी एक हुनेमा कसैले पनि शंका नगर्न आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई व्यंग्यात्मक शैलीमा भने “तपाईहरु रुखमा भोट हाल्ने भन्नु भएको होला, तर दैलेखमा त रुख नै हराएछ ।” उनले जिल्लाबासीलाई बामगठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गदै उनले भने “तपाईहरु जिताएर पठाउनुहोस, हामी विकास पठाउछौ ।”

सभालाई सम्बोधन गर्दै पूर्व रक्षा मन्त्री तथा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता राम बहादुर थापा “बादल” ले मुलुकलाई सहि दिसा तर्फ अगाडी बढाउन बामपन्थी दलहरुले जित्नै पर्ने बताए । अहिलेको संघिय लोकतान्त्रीक गणतन्त्र पुँजीपतिहरुको गणतन्त्र भएको बताउदै जनताको गणतन्त्र ल्याउन जरुरी भएको बताए । निर्वाचनमा बाम गठबनधनले दुई तिहाई बहुमत ल्याउने बताउदै बादलले चुनाव पछि बामपन्थी सरकार बन्न कसैले नरोक्ने बताए ।

उनले एमाले र माओवादी केन्द्र विच पार्टी एकताका आधारहरु तयार भइसकेको बताउदै औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको प्रस्ट्याए । कतै पार्टी एकता हुँदैन कि भनेर नतर्सिनुहोस् । उनले भने निर्वाचनपछि पहिले सरकार अनि पार्टी एकता हुन्छ ।’

यस्तै पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व रक्षा मन्त्री तथा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता राम बहादुर थापा “बादल” दैलेख प्रतिनीधि सभा निर्वाचन क्षेत्र नं. २ को दुल्लुमा भएको आमसभालाई पनि सम्बोधन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्