च्याम्पियन्स लिगः युनाइटेड र रोमा पराजित, चेल्सीको शान्दार जित



एजेन्सी,
एफसी बासेलसँग हारको समना गर्नु परेपछि म्यान्चेस्टर युनाइटेडले च्याम्पियन्स लिगको नक आउट चरणमापुग्नको लागि अझै बढि मिहनेत गर्नु पर्ने भएको छ ।
गएराती भएको खेलमा माइकल लाङले ८९ औँ मिनेटको गोल गरेपछि युनाइटेड १–० गोल अन्तरले पराजित भएको हो ।

गएराती भएको युरोपेली च्याम्पियन्स लिगको समूह (सी) मा एटलेटिको म्याड्रिडले एएस रोमालाई २–० गोल अन्तरले पाराजित गरेको छ । उसको जितमा एन्टोइन ग्रिज्मन र केभिन गामेरियोले १–१ गोल गरे ।

साथै गएराती नै सम्पन्न चेल्सी र काराबाग को खेलमा चेल्सीले ४–० गोल अन्तरको जित हात पारेको छ । विलियनले दुई तथा इडेन हजार्ड र सेस फाब्रिगासले पेनाल्टीमा १–१ गोल गरेपछि चेल्सीले सहज जित हात पार्‍यो ।

साथ साथै अंक तालिकामा चेल्सी १० अंक जोड्दै नक आउट चरणमा पुगेको छ भने रोमाको ८ अंक र एटलेटिको मड्रिडको ६ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्