सइदको रिहा आदेश



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानमा एक न्यायिक समीक्षा बोर्डले हाफिज सइदलाई मुक्त गर्नुपर्ने फैसला दिएको छ। सइदलाई भारतले मुम्बईमा भएको कट्टरपन्थी हमलाका सूत्रधार मानेको छ। पाकिस्तानको पन्जाव प्रान्तमा जमात उद दावाका प्रमुख हाफिज सइद जनवरीदेखि नै नजरबन्दमा छन्। हाफिज सइदको हिरासत अवधि थप्न गरेको सरकारको अपिललाई उक्त न्यायिक बोर्डले अस्वीकार गरेको छ। गत महिना मात्रै बोर्डले हाफिज सइदको नजरबन्द ३० दिन बढाउन स्वीकृति दिएको थियो। बोर्डको आदेशपछि हाफिज सइदको रिहाइको मार्ग खुला भएको छ।

प्रतिक्रिया दिनुहोस्