गुरु नमस्कार गर्दै, रोबोट भोट माग्दै



धन बस्नेत, पोखरा ।

चुनावी माहौल छ । सर्वसाधारण पनि चुनावी बहसमा छन् । उम्मेदवार पनि चुनावी प्रचारमा छन् । उम्मेदवार घरदैलो गरिरहेका छन् । कार्यकर्ता भन्दा अगाडि रोबोट छ । भीडभाड भएकै ठाँउमा रोबोट पुग्छ । सबैले रोबोटलाई नियाल्छन् । अनि रोबोटले भन्छ–“जय नेपाल” । त्यसपछि हात मिलाउँछ । र चुनावी नारा भट्टयाउँदै गुरुप्रसाद बराललाई भोट माग्छ ।

रोबोटसँग आखाँ जुधेपछि जय नेपालको शब्ल उच्चारण गर्छ । चुनावी प्रचार उम्मेदवारले त गर्ने नै भए । तर घरदैलो गरिरहेका कास्की क्षेत्र नं २ प्रदेश कका नेपाली काँग्रेस उम्मेदवार गुरुप्रसाद बरालले विल्कुलै फरक शैलीमा प्रचारलाई तिव्रता दिईरहेका छन् । रोबोटले चुनावी प्रचार गरिरहेका छन् ।

घरदैलो गरिरहेका कास्की क्षेत्र नं २ प्रदेश कका नेपाली काँग्रेस उम्मेदवार गुरुप्रसाद बरालले रोबोट लिएर घरदैलो गरिरहेका छन । मंसिर २१ गते हुने चुनावमा आफना मतदातासँग गुरु बराललाई रुखमा भोट हालेर जिताउन आग्रह समेत रोबोटले गर्छ ।

रोबोटलाई उम्मेदवार बरालले साथैमा लिएर हिडेका छन् । रोबोटले काँग्रेसमा भोट हाल्न गरेको अपीललाई सर्वसाधारणहरुले निकै मज्जा मानेर हेर्छन् । चुनावी प्रचारमा यो नयाँ प्रयोग हो । प्रविधिको उपयोग गर्दै बराललेको चुनावी अभियानलाई सबैले सहयोगको प्रतिबद्धता गरेका छन् ।

‘प्रविधिसँग समाजलाई जोड्न सकिने उदाहरणको रुपमा मैले प्रचारमा यस्तो शैली अपनाएको हुँ । रोबोटले मेरो लागि मत मागेको देखेर धेरैजनाले नयाँ प्रयोग गरेको देखेर दंग छन् ।’ गुरु बरालले भने–‘शायद यो खाले प्रचारशैली यसअगाडि अपनाईएको थिएन ।’ उनले चुनावी प्रचारमा ‘रोबोट’को प्रयोगलाई युवापुस्ता र प्रविधिको प्रयोगबाट आफुले निर्वाचन क्षेत्रलाई विकास र सम्बृद्धिको बाटोमा अगाडि बढाउँछु भन्ने एउटा साँकेतिक प्रस्तुती समेत भएको बताए ।

बराल यतिबेला प्रचारको क्रममा भरतपोखरीमा छन् । उनी केही दिन अझै त्यतै रहने ‘सेड्युल’ छ । यद्यपी रोबोटले उनको निर्वाचन क्षेत्र पर्ने अन्य स्थानमा उनको प्रचार गरिरहेको छ । ‘रोबोट’बाट गरिएको प्रचार प्रभावकारी बन्दै पनि गईरहेको उनले बताए । प्रचारको क्रममा ‘रोबोट’लाई आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सम्पूर्ण वडामा पु¥याउने उनले बताए ।

रोबोटमा अल्ट्रासोनिक सेन्सर जडान गरिएको छ । इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु अनिल पाण्डे, सुशान्त केसी, दिपक विष्ट, शम्भुप्रसाद आचार्य, नविन क्षत्रीको टिमले निर्माण गरेको हो । उनीहरुले तीनसाता लामो समय लगाएर निर्माण गरेको रोबोटको पहिलो परीक्षण नै चुनावी प्रचारमा ल्याएको अनिल पाण्डेले बताए ।

भेटघाट तथा घरदैलोको क्रममा भरतपोखरीमा रहेका बरालले मंगलबार भने त्यस क्षेत्रमा पर्ने लामगादी, छप्ल्याङ, उपल्लोपुँडी, तल्लोपुँडी, भञ्ज्याङ, चिलाउने, मागागिरी, धारापानी लगाएतका ठाऊँहरुमा पुगेर आफ्नो पक्षमा भोट मागे । उनले लोकतन्त्र रक्षाको लागि आफू अनवरत जनतासँग सहकार्य गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्