नेसनल कलेजलाई फुटबल उपाधी



नेपाल समाचारपत्र, काठमाडौ ।
राजधानीमा सम्पन्न एघारौं एलए कप फुटबल प्रतियोगिताको उपाधी नेसनल कलेजले जितेको छ । मंगलबार भएको फाइनल खेलमा नेसनल कलेजले नेपाल कमर्स क्याम्पसलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

बिजयी टोलीका लागि विक्रान्त नरसिंह राणा र अनिस बस्नेतले १–१ गोल गरे । खेलको पहिलो हाफमा नेसनलका लागि राणाले गोल गरी अग्रता बनाउँदा उनकै पासको सदुपयोग गरी अनिसले गोल गरेका थिए । दोस्रो हाफमा एनसीसीले एक गोल फर्काए पनि जितका लागि त्यो पर्याप्त भएन । खेलको म्यान अफ द म्याच विजयी टिमका सबिन सापकोटा घोषित भए ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी विक्रान्त राणा भएका थिए । विजयी टोलीले ५० हजार रुपियाँ प्राप्त ग¥यो ।

तस्बीर : अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्