अर्घाखाँचीमा राप्रपाको उम्मेदवारी फिर्ता, कांग्रेसलाई समर्थन गर्ने सहमति



अर्घाखाँची (नेस) ।
अर्घाखाँची जिल्लामा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेद्वारी फिर्ता लिएको छ । उम्मेद्वारी फिर्ता लिदैं राप्रपाले नेपाली कांग्रेसलार्इ समर्थन गर्ने भएको छ । मंगलबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राप्रपाले कांग्रेसलार्इ समर्थन गर्ने संयुक्त बैठकले सहमति गरेको हो ।

चार बुँदे सहमति अनुसार प्रदेशसभामा उम्मेद्वारी दिएका राप्रपाका दीपक कुँवर र अमर थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवार द्वय विष्णु मुस्कान र हिम्मतबहादुर खड्कालाई सघाउने भएका छन् ।

कांग्रेस अर्घाखाँचीका कार्यवाहक सभापति शान्ता भण्डारी र राप्रपा अध्यक्ष दीपक कुँवरले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्