कलाकर्मी र पत्रकारलाई कलाकार संघको सम्मान



 

नेपाल चलचित्र कलाकार संघले हरेक वर्षझैं यस वर्ष पनि कलाकर्मी र चलचित्र पत्रकारलाई सम्मान गर्ने भएको छ। संघका अध्यक्ष रामकेश बोगटीको अध्यक्षतामा बसेको बैठकले यस वर्षको नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार २०७४ मह जोडी अर्थात् ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै गरी अभिनेतृ स्व. शान्ति मास्केको स्मृतिमा स्थापित शान्ति मास्के पुरस्कार २०७४ आरपी पन्त, विशेष सम्मान गेहेन्द्र धिमाल र वसन्त श्रेष्ठ, नवप्रतिभा सम्मान दीपिका प्रसार्इं, नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान राजेन्द्र सलभ, शम्भु निरौला, जय श्रेष्ठ र प्रकाश धिताललाई प्रदान गरिने भएको छ। त्यसै गरी नेपाल लचित्र कलाकार संघ पत्रकारिता सम्मान २०७४ तुलसी गिरी ‘भावुक’, आरके सुवेदी र गीता अधिकारीलाई प्रदान गरिने भएको छ।

संघका अध्यक्ष बोगटीका अनुसार यी सम्मान संघको साधारणसभाका अवसरमा आगामी फागुन अन्तिममा प्रदान गरिनेछ।

 

प्रतिक्रिया दिनुहोस्