महत र ढकाल जेल चलान



नेपाल समाचारपत्र
काठमाडौं
कर फछर्इेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालसँग रिहाइका लागि विशेष अदालतले १⁄१ करोड रुपियाँ धरौटी माग गरेको छ।

मंगलबार न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर वागचनको संयुक्त इजलासले आयोगका पदाधिकारीसँग उक्त रकम धरौटी माग गरेको अदालतका प्रवक्ता नगेन्द्रकेशरी शाहले जानकारी दिनुभयो। गत आइतबारदेखि चलेको बहसपछि दुवै जनासँग उक्त रकमको धरौटी माग गरिएको हो। धरौटी बुझाउन नसकेपछि दुवैलाई डिल्लीबजार जेल चलान गरिएको छ।

तत्कालीन कर फछर्इेट आयोगमार्फत अनियमितता गरेको आरोप लागेपछि फरार भएका दुवै जना झन्डै चार महिनापछि गत बुधबार अदालतमा बयानका लागि हाजिर हुनुभएको थियो।

आयोगका सदस्य सचिव एवं राजस्व अनुसन्धान विभागका तत्कालीन प्रमुख चूडामणि शर्मा भने बयानका लागि अझै उपस्थित हुनुभएको छैन।

शर्मालाई अदालत उपस्थित गराउन गत साता मात्रै अख्तियारले उहाँको घरमा म्याद टाँसेको छ।तर, शर्मा अझै बयानका लागि अदालत जानुभएको छैन। शर्मालाई अख्तियारले पक्राउ गरे पनि सर्वोच्चले साउन अन्तिम साता साधारण तारिखमा छाड्न आदेश दिएको थियो।

कर फस्र्याेट आयोगमार्फत् अनियमित ढंगले कर मिनाहा दिई राज्यलाई झन्डै २१ अर्ब नोक्सानी पुर्याएको भन्दै गत १९ जेठमा अख्तियारले तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई पक्राउ गरेको थियो। उहाँसँगै आयोगका दुई सदस्य महत र ढकाल भने त्यसयता फरार थिए।

अख्तियारले तिनै पदाधिकारीविरुद्ध १० अर्ब रुपियाँको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्