चार दिन विद्यालय बन्द हुने



 

काठमाडौं, (नेस)
शिक्षा विभागले पहिलो र दोस्रो चरणको निर्वाचनको समयमा ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

पहिलो चरणको निर्वाचन हुने जिल्लामा मंसिर ७ देखि १० र दोस्रो चरणको निर्वाचन हुने जिल्लामा मंसिर १८ देखि २१ गतेसम्म बिदा दिने निर्णय गरेको हो। शिक्षा विभागले सबै क्षेत्रीय कार्यालयमा पत्राचार गरी बिदा दिने निर्णय गरेको हो।

शिक्षा विभागले मंसिर ४ गते निर्णय गरी संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिन पत्राचार गरेको हो। विभागले हिउँदे वा वर्षे बिदाबाट समायोजन गर्ने गरी विद्यालय बन्द गर्न निर्णय गरेको हो। कतिपय विद्यालयमा मतदान केन्द्र पर्ने र सरकारी विद्यालयका शिक्षकहरू मतदानमा खटिनुपर्ने भएकाले विभागले चार दिन बिदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्