सरकारको निसानामा विप्लवका कार्यकर्ता



काठमाडौं, (नेस)
चुनावको मिति नजिकिँदै गर्दा देशभर उम्मेदवारलाई लक्षित गरी विस्फोटनका घटना बढ्न थालेपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले बम विस्फोट कार्यमा प्रमाणसहित फेला परेकालाई कडा कारबाही गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सार्वजनिक तथा उम्मेदवारका घरघरमा बम विस्फोटका घटना तीव्र हुँदै गएपछि परिषद्को बैठक बसेको हो। बैठकले शान्ति सुरक्षालाई दुरुस्त राख्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ। बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधान, मुख्यसचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, रक्षासचिव विनोद केसी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्