सुर्खेतमा समाजवादी फोरमका उम्मेवार दिपलाल काँग्रेसमा प्रवेश



सुर्खेत । संघीय समाजवादी फोरम नेपालका तर्फबाट प्रदेश सभा सदस्यका लागि सुर्खेतको क्षेत्र नं। १ प्रदेश ९ख० बाट उम्मेदवार रहेका दिपलाल दमाई ९दिलिप० नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

उहाँले मंगलबार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसमा प्रवेश गरेको बताउनुभएको छ ।

दिपलालले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयन र समग्र मुलुकको सम्मृद्धि कांग्रेसबाट मात्रै सम्भव रहेको ठहर गर्दै आफू नेपाली कांग्रेसमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

राष्ट्रियता, स्वाभिमानी, जनताको गौरव र सम्मृद्ध नेपालको परिकल्पनालाई साकार पार्न सुर्खेतको क्षेत्र नं। १ तथा समग्र जिल्ला, प्रदेश हुँदै देशको विकास र सम्मृद्धिका लागि कांग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्काले खेलेको भूमिका अतुलनीय भएको उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसमा प्रवेश गरेलगत्तै दिलिपले लोकतन्त्रबाट मात्रै राष्ट्रको उन्नति, प्रगति र जनताको आधारभूत अधिकार सुनिश्चित हुने भएकाले त्यसका लािग लोकतान्त्रिक गठबन्धनको चुनाव चिन्ह रुखमा छाप लगाई उम्मेदवारहरुलाइ विजयी गराउन मतदातासंग आह्वान समेत गर्नुभएको छ ।

प्रदेश सभा क्षेत्र ९ख०मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका झकबहादुर डाँगी उम्मेदवार उठ्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्