कर दिवसमा रक्तदान



काठमाडौं, (नेस) । छैठौ राष्ट्रिय कर दिवसको अवसरमा राष्ट्रिय व्यापार संघले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सोमबार न्यूरोडको फसिकेवमा आयोजना गरिएको कार्यक्रममा ५० जनाले रक्तदान गरे ।
४६ जना पुरुष र ४ जना महिलाले रक्तदान गरेका संघका महासचिव बैकुण्ठ दाहालले जानकारी दिनुभयो । कर दाता सेवा कार्यालय न्यूरोडका प्रमुख ढाकाराम तिवारी र संघका कार्यवहाक अध्यक्ष शिव मञ्जिल श्रेष्ठले रक्तदातालाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो । तिवारीले कर दिवसको अवसरमा आयोजना गरिएको सामाजिक कार्यको प्रसंसा गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्