असारमा योजना सञ्चालन गर्ने परिपाटीको अन्त्य



सरिता चलाउने, सल्यान । जिल्लाका अधिकांस विकास निर्माणका कामहरु आर्थीक वर्षको अन्त्यमा आएर संचालन गर्ने र त्यसको गुणस्तरीयता देखी परिणाम मुखी समेत नहुने गरेको गुनासो स्थानीय सरकारले मेटाउने प्रयासमा लागेका छन् ।
गाउँमै सरकार आएपछि सल्यानमा असोज कार्तिक देखि नै धमाधम विकास निर्माणका योजना शुरु भइसकेका छन् भने कतीपय योजनाको काम सम्पन्न समेत भइसकेका छन् । प्रायः विकास निर्माणका कामहरु स्टमेट अनुसार नहुने, कामै भएकाको पनि ७० प्रतिसतमाथी कहिलै पुरा नहुने र गुणस्तरहीन देखी परिणामविहिन समेत हुने गरेको अवस्थामा कपुरकोट गाउँपालिकाले सञ्चालन हुने योजनामा कडाइ गर्ने भएको छ । गाउँपालिकाको टोलिले मंगलबार वडा नम्बर २ को सारपानी गर्पामा सञ्चालन भएका मोटरबाटोको अनुगमन गरेको छ ।
कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन, प्रमुख प्रशाशकीय अधिकृत सुवास रिजाल, योजना शाखाका सव इन्जीनियर प्रेम सिंह विक, असिस्टेन्ट सव इन्जीनियर प्रविण शाह, वडा नम्बर १ का अध्यक्ष बालाराम खड्का, पत्रकार शंकर केसी लगाएतको टोलिले निर्माण भएका मोटरबाटो तथा मन्दिरको अनुगमन गरेको हो । अनुगमन गर्दै गाउँपालिका अध्यक्ष सेनले मापदण्ड अनुसार हरेक योजना सम्पन्न गर्न आग्रह गरेका छन् ।
मोटरबाटो निर्माण गर्दा शुरुमा नै ख्याल पु¥याइएन भने त्यसमा गुणस्तरियता र परिणाम राम्रो नआउने भन्दै लामो समय सम्म टिक्ने काम गर्न आग्रह गरे । गाउँपालिकाले मोटरबाटो निर्माण गर्दा एक गाउँपालिका देखि अर्काे गाउँपालिकालाइ जोड्ने मोटरबाटोको चौडाइ ६ मिटर ७५ सेन्टीमिटर, एक वडा देखि अर्काे वडा सम्म जोड्ने बाटोको ४ मिटर ७५ सेन्टीमिटर र एक टोल देखि अर्काे टोल सम्म जोड्ने बाटोको ३ मिटर ७५ सेन्टीमिटर चौडाइ र ती सबै श्रेणिका मोटरबाटोमा नालि बनाउनुपर्ने मापदण्ड तयार गरेको सव इन्जीनियर प्रेम सिंह विकले बताए ।
मंगलबार अनुगमन गरिएका मोटरबाटोका योजनाहरुले ९० प्रतिशत मापदण्ड पुरा गरेको भन्दै शतप्रतिशत मापदण्ड पुुरा गर्न उपभोक्ता समितीलाइ आग्रह गरे । अन्यथा योजना फोरफारक नगरिने उनको भनाइ थियो ।
टोलिले कपुरकोट गाउँपालिकाको वडा नम्बर १ मा रहेको सारपानी— बगाले तल्लो खोरबारे मोटरबाटो, धनठाना—गर्पा मोटरबाटो, भुन्टेटाकुरा मोटरबाटो र बराहथान मन्दिरको अनुगमन गरेको हो । साथै कपुरकोट गाउँपालिकाले विभिन्न योजना निर्माणका लागी गठन भएका उपभोक्ता समितीहरुलाइ तुरुन्तै सम्झौता गरेर काम सञ्चालन गर्न आग्रह गरेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्