७६ औं जिल्ला अदालत उद्घाटन



नवलपरासी । नवलपरासीको बर्दघाट सुस्तापूर्व स्थित कावासोतीमा मंगलबार नवलपुर जिल्ला अदालत स्थापना भएको छ ।
देशकै ७६ औं जिल्ला अदालतको रुपमा स्थापना भएको नवलपुर अदालतको सम्माननीय प्रधानन्याधिस गोपाल प्रसाद पराजुलीले पानशमा दीप बालेर समुद्घाटन गर्नु भएको हो ।
कावासोती नगरपालिकाको वडा नं.३ रामनगरमा स्थापना भएको जिल्ला अदालतको उद्घाटन गर्दै प्रधानान्याधिस पराजुलीले विधि र विकासको कुरामा कानुनको पालना र संविधानको मर्यादा अपरिहार्य हुने बताउनु भयो ।
कार्यक्रममा सम्बैधानिक परिसदका सदस्य पदम बैद्धिक, सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुबेदी, जिसस नवलपुरका सभापति चेसराम आले, नेपाल बार एसोसियसनका अध्यक्ष शेर बहादुर केसी लगायतले अदालत स्थापना प्रति शुभकामना दिनु भएको थियो ।
अदालत उद्घाटनको खुसियालीमा नवलपुरबासीले कावासोती नगरमा बाजागाजा र विविध जनजातिका भेषभुषा सहित झाकी प्रर्दशन गरेका थिए ।
जनताको घरदैलोमा न्याय निरुपणका लागि नवलपुर जिल्ला अदालतमा दुई न्याधिस सहित ईजलासको ब्यवस्था गरिएको छ ।
यस अघि अदालती प्रयोजनमा नवलपुरबासीहरु गैडाकोट देखि १०० किमी दुरी पार गर्दै नवलपरासी जिल्ला अदालत परासी जानु पर्ने बाध्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्