नेताको टिकट खोसेर गुण्डालाई, पनौतीमा कांग्रेसको माहोल विग्रीयो



मोतिराम तिमल्सिना, काभ्रे । नेपाली काग्रेस केन्द्रिय कार्यालयको आन्तरीक रिपोर्टमा राम्रो देखिएको काभ्रे क्षेत्र नम्बर १ का उमेद्वारहरुको चर्चा चुलिएपनि निर्णायक मत रहेको पनौति नगरपालिका र नगरपालिका आसपासको क्षेत्रमा कुनै प्रभाव परेको छैन ।
पनौती बजार भित्रका ईमान्दार काग्रेस नेता तिर्थ पसखलको टिकट खोसेर फोरमबाट काग्रेस प्रवेश गरेका चर्चित डन गणेश लामाले टिकट ल्याएपछि पनौति क्षेत्रका मतदाता मौन बसेका छन् । पनौति क्षेत्रका मतदातको चाहना बुझ्न नसकेपछि काग्रेसका उमेद्वारहरु आत्तिएका छन् । काभ्रे क्षेत्र नम्बर १ अन्तर्गत पनौति नगरपालिकाको वडा नम्बर ४ देखि १० सम्म सातवटा वडा प्रदेशसभा २ मा पर्छ । प्रतिनिधिसभा तर्फ काग्रेस सभापति शेरवहादुर देउवा निकट निवर्तमान सांसद तिर्थ लामा उमेद्वार छन् भने प्रदेशसभा २ मा गणेश लामा उमेद्वार छन् ।

निर्वाचनमा करोडौं रुपैया खर्च गर्न सक्ने भन्दै प्रदेशसभा २ मा फोरमबाट काग्रेस प्रवेश गरेका लामालाई टिकट दिए संगै पनौतिका मतदाता मौन बसेका हुन । उमेद्वारी दर्ताको दिन कात्तिक १६ गते विहान बालुवाटार गएर तिर्थ लामा, शिव हुमागाई, सुन्दरमणी आचार्य, गणेशलामा लगाएत गएर करोडौ खर्च गरेर भएपनि निर्वाचन जित्छौं भनेपछि पसखलको टिकट क्यान्सिल गरि सभापति देउवाले प्रदेशसभामा गणेश लामालाई टिकट दिएका थिए । लामालाई टिकट दिन विजयकुमार गच्छेदारले समेत दबाब दिएका थिए ।

उमेद्वारी दर्ताको दिन पसखलको टिकट खोस्न काभ्रेबाट नेताहरु प्रधानमन्त्री देउवा निवास बालुवाटार पुगेको खवर पाउनासाथ पसखलपनि हत्तारीदै बालुवाटार गएका थिए । विहान ९ वजे पसखल महेश खरेल, भगवान अधिकारी लगाएतका नेताहरु लिएर बालुवाटार पुग्दा उनीहरुले लामाको नाममा टिकट ल्याइसकेको पसखल निकट एक नेताले बताए । काग्रेस संसदिय समितिका सदस्यहरु बालकृष्ण खाण, डा. प्रकाशसरण महत, पुर्ववहादुर खड्का लगाएतका नेताहरुले गुण्डा नाईके लामालाई टिकट दिदा सिङ्गो काँग्रेसको छवी विग्रने भन्दै पसखललाई नै टिकट दिन आग्रह गरेका थिए । अघिल्लो दिन साझ सम्म पनि ती नेताहरुले पसखललाई तपाई उमेद्वार पक्का भनेका थिए ।

बालुवाटारमा पसखल पुगेको १५ मिनेट पछि गणेशलामाले टिकट लिएर निस्किएका थिए भने पसखललाई प्रधानमन्त्रीले भेट गर्न नै दिएका थिएनन् । उमेद्वारी दर्ताकै दिन पसखलको टिकट खोस्न समय लागेपछि निर्वाचन आयोगको कार्यालय काभ्रेले नेपाली काग्रेसलाई उमेद्वारी दर्ताको लागि विहान ११ वजेको समय दिए पनि दिउसो १ वजे मात्र उमेद्वारी दर्ताको लागि काग्रेस निर्वाचन कार्यालय पुगेको थियो ।

प्रतिनिधिसभा अन्तर्गत क्षेत्र नम्बर १ मा पुर्व सभापति शीवप्रसाद हुमागाईले टिकट नपाएपछि उहाले आफु उमेद्वार हुने आकाक्षा त्यागेका थिए । पनौति क्षेत्रका काग्रेसका सक्रिय नेता पसखललाई पाखा लगाएपछि पनौतिका काग्रेस कार्यकर्ताहरु मौन बसेका छन् । अन्य क्षेत्रको माहौल ताते पनि पनौति क्षेत्रको माहौल तात्न नसकेको मुख्य कारण यहि हो भन्दै केहि काग्रेस नेताहरु प्रचारप्रसारमा समेत हिडेका छैनन् । यो क्षेत्र अन्तर्गत कोशीपारि र डाडापारि क्षेत्रमा त्यति प्रभाव छैन । कोशीपारी र डाडापारि क्षेत्रमा बाम गठबन्धनले बढी मत ल्याउने र त्यो बढी मतलाई काग्रेसले पनौति क्षेत्र बाट काट्न सकेन भने काग्रेस हार्ने अनुमान गरिएको छ ।

अहिलेसम्मको चुनावी माहौल अन्तर्गत बाम गठबन्धनले कोशीपारि क्षेत्रबाट दुईहजार मतले लिड गर्ने र डाडापारि क्षेत्रबाट १ हजार ५ सय मतले लिड गर्ने अनुमान गरिएको छ । काभ्रे १ को प्रदेश २ अन्तर्गत नमोवुद्ध नगरपालिका १ र २ तथा ६ देखि ११ सम्मको वडाहरु पर्छ भने धुलिखेल नगरपालिकाको वडा नंम्बर ८ देखि १२ सम्म पर्छ । बेथानचोक वडा नम्बर ६ पनि यहि क्षेत्रमा राखिएको छ । साथै रोशी गाउपालिकाको वडा नं १ देखि ५ सम्म र खानीखोला गाउपालिका पुरै यो क्षेत्रमा पर्दछ । चौरी देउराली गाउपालिका, नमोवुद्ध नगरपालिकाको बाकी वडाहरु,तेमाल गाउपालिका, महाभारत गाउपालिका र रोशी गाउपालिकाको बाकी वडाहरु प्रदेशसभा २ मा पर्छ ।

‘अहिलेसम्म गणेश लामाले चुनाव प्रचारप्रसारको लागि आफुसंग कुनै सल्लाह गरेका छैनन’ पनौतिका काग्रेस नेता पसखल भन्नुहुन्छ– पुर्व सभापति हुमागाईले कोशीपािर क्षेत्रमा जाउ भनेर कर गर्नुभएको थियो । पहिलो चरण अन्तर्गत प्रचारप्रसारको लागि आफ्नो क्षेत्रका सबै इलाकामा पुगेको काग्रेसका उमेद्वारहरु पनौति क्षेत्रको मतदाताको आकलन गर्न नसकेपछि आत्तिएका छन् । कोशीपारि क्षेत्रमा सानु वाङथली र विर्ता देउराली बाहेक अन्य ठाउमा कार्यकर्ता नभएपछि नेताहरुले चुनावी प्रचारप्रसारको बेला बोका, कुखुरा तथा राँगा काटेर भोज खुवाउदै प्रचार गरेको चर्चा चलेको थियो ।

चुनाव प्रचारप्रसारको क्रममा गुण्डा नाइकेको नामले सेलिब्रेटी बनेका गणेशलामासंग फोटो खिच्नेको भिड देखिएपनि पनौतिको शैद्धान्तिक मत उनैलाई जान्छ भनेर भन्न नसकिने पनौतिका एक स्थानिय बताउछन् । रत्तचन्दन तस्करी बाट करोडौ रुपैया कमाएका लामाले निर्वाचनमा खर्च भने व्यापक गर्ने उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस्