जोडिए चर्चित ब्यान्ड



नेपालका चर्चित ब्यान्डहरू एकैठाउँमा जोडिएका छन्। मुक्ति एन्ड रिभाइभल, रविन एन्ड द न्यु रिभ्योलुसन, अभया एन्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ता ब्यान्ड एकैठाउँमा जोडिएका हुन्।

ब्यान्डवागन बाई पोजिटिभ भाइब्सले स्थापना गरेको ब्यान्डको गायन समूहमा मुक्ति एन्ड रिभाइभलका मुक्ति शाक्य, रविन एन्ड द न्यु रिभोल्युसनको रविन तामाङ, अभया एन्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्निल शर्मा र अनप्रास्ताका निरन शाही आबद्ध छन् भने वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिस्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, द एक्स ब्यान्डका पूर्व लिड गिटारिस्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एन्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, वशिष्टमा मुक्ति एन्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयूका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन्।

फेरि उठ्नेछ नेपाल नाराका साथ अगाडि बढ्ने ब्यान्डमा आबद्ध सदस्यहरुले बताएका छन्। ब्यान्डले पहिलो एल्बम निकालेपछि सन् २०१८ को जनवरीबाट देशका प्रमुख शहरमा कन्सर्ट गर्ने भएको छ। ब्यान्डको गायन समूहका सदस्य रविन एन्ड द रिभ्योलुसनका रविन तामाङले युवा बाहुल्यता रहेको ब्यान्डमा आबद्ध हुन पाउँदा खुसी लागेको बताए।

प्रतिक्रिया दिनुहोस्