टोरन्टोमा यानलाई स्वर्ण



काठमाडौं, (नेस)
क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाईंले स्वर्ण पदक जितेकी छिन्।
क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन्। त्यसअघि बाई पाउँदै यान फाइनलमा प्रवेश गरेकी थिइन्।

अन्य २ नेपाली राष्ट्रिय महिला खेलाडी भने पदकविहीन रहे। टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए। महिला ४९ केजीमा रेजिना क्यानाडा तथा ६२ केजीमुनि ज्ञानी क्युबाका खेलाडीसँग पछि परे।

प्रतिक्रिया दिनुहोस्