एभरेष्ट बैंकमा नयाँ भर्सनको बैंकिङ सर्भिस



नेपाल समाचारपत्र
काठमाडौं
एभरेष्ट बैंकले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सर्भिसलाई हटाएर नयाँ र नौलो भर्सनको बैंकिङ सर्भिस प्रयोगमा ल्याएको छ।

नयाँ भर्सनबाट कारोबार गर्दा सुरक्षित हुनुको साथै पहिलाको तुलनामा थप सुरक्षाका उपकरण थपिएका छन्। युजर आईडीसँगै क्याप्चाको प्रयोग गरिएको छ भने फोटो सेन्सरदेखि एकपटक मात्रै पासवार्ड प्रयोगर्न सक्ने बनाइएको छ। साथै अब ग्राहकले आफ्नो युज नेम र पासवर्ड लिन, मोबाइल बैंकिङमा रजिष्टर्ड गर्न बैंकसम्म जानुपर्ने छैन बैंकले नै इमेलमार्फत् यी सबै सुविधा दिने जनाएको छ।

साथै बैंकले कर्पोरेट हाउसलाई मध्येनजर गर्दै कर्पोरेट इन्टरनेट बैंकिङ सर्भिस सेवा प्रदान गर्दै आएको छ। उक्त सेवाले व्यापार तथा कर्पोरेट हाउस सम्हाल्न र आन्तरिक रूपमा अकाउन्ट मिलाउन सघाउ पुर्याउने बैंकले जनाएको छ। यसको प्रयोगले तलब, भुक्तानी बाढेको, एलसी, फिक्स डिपोजिटलगायतका खाता व्यवस्थापनमा सहयोग पुर्याउने छ।

प्रतिक्रिया दिनुहोस्