बूढीगण्डकीको निर्णय वाम गठबन्धनले उल्टाउने



नेपाल समाचारपत्र
काठमाडौं
देशको आर्थिक उन्नतीमा राजनीतिक दलहरूको साझा दृष्टिकोण खाँचो रहेको प्रमुख राजनीतिक दलका नेताले बताएका छन्। आर्थिक उन्नतीका लागि दलहरूबीच साझा संकल्प र उद्देश्य हुनुपर्ने उनीहरूको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको राष्ट्रिय आर्थिक बहसअन्तर्गत ‘अबको संकल्प आर्थिक समृद्धि’ विषयक अन्तत्र्रिmयामा प्रमुख राजनीतिक दलहरूले उक्त साझा प्रतिबद्धता व्यतm गरेका हुन्।

राजनीतिक दलहरूले चुनावी घोषणापत्रमा उल्लेख गरेका आर्थिक एजेन्डालाई निर्वाचनपश्चात् कार्यान्वयनमा लैजान दलहरूबाट प्रतिबद्धता गराउनको लागि महासंघले प्रमुख दललाई एउटै मञ्चमा उपस्थित गराएको थियो।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महत्वाकांक्षी भए पनि तीव्र विकासको लागि ढिलो हिँडेर नपुगिने भन्दै देशको विकास गर्नको लागि अब विज्ञान प्रविधिको प्रयोग गरेर तीव्र गतिमै विकास गर्नुपर्न बताउनुभयो। अध्यक्ष ओलीले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय उल्ट्याएर विदेशी लगानीलाई हतोत्साही गरेको भन्दै चुनावपछि बन्ने वाम सरकारले त्यसलाई पुनारावलोकन गर्ने बताउनुभयो।

‘सरकारको ध्यान शान्ति सुव्यवस्था कायम गर्नेतर्फ नभएर लाभका आधारमा लाइसेन्स खारेज गर्ने र दिने काम भएको छ, यस्ता कामको आगामी सरकारले सच्याएर आफ्नो दल अगाडि बढ्छ।’ ओलीले भन्नुभयो। एकाधिकार बजारलाई संरक्षण गर्ने गरी भएका सम्झौता पनि पुनरावलोकन गरिने ओलीको भनाइ थियो।

चुनावपछि वाम सरकार बन्ने र त्यसले एकात्मक बजारलाई संरक्षण गर्ने किसिमका सम्झौताहरू कायम नराख्ने दाबी गर्दै ओलीले विलासिताका उपभोग्य सामानमा बढी कर र प्रवद्र्धनका सामग्रीमा कम करको समेत व्यवस्था हुने बताउनुभयो।

विश्वमा लामो समय लगाएर गरिएको विकासभन्दा छोटो समयमा गरिएको विकासले गति लिएको भन्दै वामगठवन्धबाट सार्वजनिक भएको घोषणा सोही अनुरूपको सिद्धान्तमा आधारित रहेको ओलीको जिकिर थियो। कृषिको आधुनिकीकरणबाट नै रोजगारीमा वृद्धि हुने भएकाले कृषिमा प्रोत्साहान गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो।

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालको आर्थिक उन्नतीका लागि राजनीतिक, आर्थिक स्थायीत्व आवश्यक रहेको भन्दै नयाँ संविधानको मर्म, भावना र मान्यतालाई न्याय गर्न सकेमा देशको आर्थिक समृद्धिमा हुने बताउनुभयो। स्वच्छ प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटि’ आन्तरिक उत्पादनमा पार्टीको जोड रहेको भन्दै संविधानमा उल्लेख गरे बमोजिम अबको समय आर्थिक विकास रहेकोे बताउनुभयो।

त्यस्तै नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सुशासन कायम गर्न नसक्दा मुलुकको आर्थिक विकासको हुन नसकेको बताउनुभयो। पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनु हुँदै प्रतिस्पर्धाको आधारमा ठूला आयोजनाको ठेक्का दिनुपर्ने मान्यताविपरीत बूढीगण्डकी आयोजनाको ठेक्का दिइएकाले खारेज गरिएको बताउनुभयो।

संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रमुख दलले विगत २५ वर्षदेखि जनतालाई आश्वासनमात्रै देखाउने गरेको आरोप लगाउँदै नयाँ आर्थिक एजेन्डासहितको आर्थिक कार्ययोजनाको खाँचो रहेको बताउनुभयो।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले अबको आर्थिक विकासलाई अगाडि बढाउने जिम्मा राजनीति दलहरूको काँधमा भएकाले नीतिगत सुधार गरेर लगानीमैत्री वातावरण बनाउन आग्रह गर्नुभयो।

एमाले अध्यक्ष केपी ओलीले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय उल्ट्याएर विदेशी लगानीलाई हतोत्साही गरेको भन्दै चुनावपछि बन्ने वाम सरकारले त्यसलाई पुनारावलोकन गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्