सडकमा गोलीकाण्ड



पेरिस, (एजेन्सी)
एक जना फ्रेन्च प्रहरीले फ्रान्सको राजधानी पेरिसनजिकको सडकमा तीन जना व्यक्तिलाई गोली हानी मारिसकेपछि आफैमाथि गोली प्रहार गरी आत्महत्या गरेको सञ्चार माध्यमले आइतबार जनाएको छ। सो घटना घरेलु विवादको कारण भएको हुनसक्ने अनुमान गरिएको छ। शनिबार सार्सेललेस शहरमा भएको उक्त घटनामा उनका गर्लफ्रेन्ड र उनका आमाबुबा घाइते भएका छन्। मारिनेमा उनका गर्लफ्रेन्डका पिता र अन्य दुई बटुवा रहेका छन्। ले मोन्डे अखबारले ती नाम नखुलाइएका ३१ वर्षीय युवकले आफ्नो सर्भिस पेस्तोल प्रयोग गरेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्