स्मार्टवाचमाथि रोक



बर्लिन, (एजेन्सी)
जर्मनीको फेडरल नेटवर्क एजेन्सीले यसै हप्ता बच्चाहरूलाई लक्षित गरिएका स्मार्टवाचमाथि व्यापक प्रतिबन्धको घोषणा गर्दै अभिभावकहरूलाई यसअघि खरिद गरिएका त्यस्ता उपकरण नष्ट गर्न आग्रह गरेको छ। बालबालिकाका लागि लक्षित उक्त घडीले बालबालिकको निजी क्रियाकलापमा बढ्दो हस्तक्षेप भइरहेकाले उक्त आक्रामक कदम चालिएको हो। घडीमा हुने एपका माध्यमबाट अभिभावकले बालबालिकाको अज्ञात वातावरणका बारेमा सुन्न सकिने र त्यो एक प्रकारले अनाधिकृत प्रसारण प्रणालीमा पर्न आउने एजेन्सीका अध्यक्ष जोचेन होमानले बताए। उक्त घडीलाई अवैध जासुसी उपकरणका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्