निर्वाचनको मुखमै देशभर बम आतंक !



काठमाडौं । निर्वाचन नजिकींदै गर्दा जिल्लाका विभिन्न स्थानमा वम पड्कनेक्रम रोकीएको छैन । आज लालीगुरास नगरपालिका–१ र संखुवासभा धर्मदेवी नगरपालिका–३ स्थित बसन्तपुर सडकको सिमानामा अज्ञात समूहले कालो प्लाष्टिकको झोलामा बिजुलीको तार, ब्याट्री टेपले बेरेको अबस्थामा राखेको शंकास्पद बस्तु प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले सोमबार डिष्पोज गरेको छ । त्यसैगरी बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित ब्यापार कर्पोरेसन प्रालि पेट्रोल पम्प अगाडि सिद्धार्थ राजमार्गको छेउमा कपडाले बाँधेको तार बाहिर देखिएको विष्फोटक पदार्थ प्रहरीको समन्वयमा नेपाली सेनाको गोबद्र्धनगण रामनगर बुटबलको टोलीले सोमबार डिष्पोज गरेको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ लहरेपौवा पासङ ल्हामु राजमार्गको सडक छेउमा रोवर फोर्टी बिषादीको ५ वटा बट्टाभित्र बिष्फोटक पदार्थ भरेर बनाएको घरेलु बम प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले सोमबार डिष्पोज गरेको छ । रौतहटको गुजरा नगरपालिका–२ कटानिस्थित भित्री कच्ची सडकमा कालो प्लाष्टिकको झोलामा पहेलो तार बाहिर निस्केको अवस्थामा सोमबार फेला परेको विष्फोटक पदार्थ नेपाली सेनासँग समन्वय गरी डिष्पोज गरिएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको बताइएपनि कस्ले बम राखेर आतंक मच्याईरहेको छ भन्ने कुरन नखेको जिल्ला स्थित समाचारपत्रकर्मीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्