पोखरा–बागलुङ सडकको सिमा ३० मिटर कायम 



नेपाल समाचारपत्र, पर्वत । पोखरा–बागलुङ्ग राजमार्गको सिमा ३० मिटर कायम गरिएको छ । निर्माणाधिन मध्यपहाडि लोकमार्गको मापदण्ड अनुसार गत वर्ष दोब्बर बनाइएको भएपनि फेरी यस वर्ष संशोधन गरिएको हो ।  सडकको मध्य भागबाट ३०÷३० मिटर दाँयाबाँया रहने मापदण्ड तोकिएको भएपनि पटक १५÷१५ मिटर हुनेगरी कायम गरिएको छ । सडक सिमा ६० मिटर बनाउँदा सदरमुकाम कुश्माबजार, कास्कीको नयाँपुल, डिमुवा बजार, पर्वतकै मालढुंगा, पुरानोजार, अर्मादि, छमर्के लगायतका ठाउँका बासिन्दाहरु मारमा पर्ने भएपछिट सडक डिभिजन कार्यालयले पुरानै मापदण्ड तोकेर कुश्मा नगरपालिकालाई परिपत्र गरेको हो । २०४७ सालमा उक्त सडक निर्माण गर्ने क्रममा राजपत्रमा सडकको बीचबाट १५÷१५ मिटर दायाँ बायाँ भनेर सिमा तोकिएको थियो । तर गत वर्ष मध्यपहाडि लोकमार्ग यहि सडक हुँदै आउने भएकाले पोखराको याम्दिदेखि बागलुङ सम्मको सडक ६० मिटर फराकिलो बनाउने नयाँ मापदण्ड ल्याईएपछि प्रभावित क्षेत्रका बासिन्दाहरु आन्दोलित बनेका थिए । आन्दोलित संघर्ष समितिले पटक पटक सडक डिभिजन कार्यालय बागलुङ, पोखरा र मन्त्रालयमा समेत पुगेर पुरानै सिमा काष्म गर्न माग गरेका थिए । उनिहरुको माग बमोजिम नै गत कात्तिक २६ गते सडक डिभीजन कार्यालय बागलुङमार्फत पुरानै बीच सडकबाट १५÷१५ मिटर कायम गरिएको भन्दै पत्र आएको संघर्ष समितिका अध्यक्ष मानकुमारी गिरीले जानकारी दिनुभयो । उनका अनुसार नयाँ मापदण्डका कारण समस्यामा परेका सडक आसपासका जग्गा धनिहरुलाई राहात मिलेको छ । विगत एक वर्षदेखि मापदण्डले जग्गाको खरिदविक्रि लगायतका कारोबार गर्न नपाएका जग्गाधनिहरु लाभान्वित बनेको र यसै महिनादेखि पुरानै दररेट अनुसार कारोबार गर्न सकिने भएको गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार एक्कासी लाभग्राहीसँग परामर्श नगरी तोकिएको मापदण्डका कारण कयौ परिवार विस्तापित समेत बनेका थिए ।  नयाँ मापदण्ड आएसँगै गत वर्ष पश्चिमाञ्चल डिभीजन सडक कार्यालय पोखराले सुचना प्रकाशित गरि घरटहरा लगायतका संरचना हटाएको थियो । डिभीजनक सडकले राजमार्गको दुबै किनारमा सडकको केन्द्र रेखा देखि  १५ –१५ मिटरको दुरीमा रहेका घरटहरा र संरचना हटाएको हो ।  पोखरा बागलुङ्ग राजमार्ग पुष्पलाल राजमार्गको एक खण्ड हो । मुस्ताङ्ग सम्म यातयात नियमित सञ्चालन हुन थालेपछि यो राजमार्गमा पछिल्ला दिनमा सवारीसाधनको चाप समेत बढ्दै गएको छ । 

प्रतिक्रिया दिनुहोस्