केयुकोे मेडिकल साईन्सेज तर्फ १ हजार १ सय ९१ स्नातकहरु दिक्षित



मोतीराम तिमल्सिना, काभ्रे । काठमाडौ विश्वविद्यालय धुलिखेल काभ्रेको मेडिकल साईन्सेज तर्फको स्नातकहरुको २३ औ दिक्षान्त समारोह विशिष्ट विद्धान, योजनाविद् एवं कुटनितिज्ञ डा. मोहनमान सैंजूको प्रमुख आतिथ्यथामा सम्पन्न भएको छ ।  दिक्षान्त समारोहमा पोष्ट ग्राजुयट तर्फ ९२ छात्र, ८६ छात्रा सहित १ सय ७८ विद्यार्थी दिक्षित भएका छन् । त्यस्तै एमविविएस तर्फ ३ सय २४ छात्र, २ सय ४८ छात्रा सहित ५ सय ७२ विद्यार्थी दिक्षित भएका छन् । जसमा एमविविएस तर्फ १ सय ३५ जना विभिन्न देशका विद्यार्थीहरु दिक्षित भएका छन् ।

त्यस्तै विडिएस तर्फ ३५ छात्र, १ सय २० छात्रा सहित १ सय ५५ जना दिक्षित भए भने विएस्सी नर्सिङ्ग तर्फ छात्रा २ सय ८ जना दिक्षित भए । त्यसैगरी विएनएस तर्फ ५९ छात्रा दिक्षित भए । विपिटि तर्फ ९२ छात्र, ८६ छात्रा सहित १ सय ७८ जना दिक्षित भए । सोमबार विभिन्न विद्याका ४ सय ५८ छात्र, ७ सय ३३ छात्रा गरी १ हजार १ सय ९१ जना विद्यार्थी दिक्षित भए ।  स्नातकहरुलाई प्रमुख अतिथी डा. मोहनमान सैजु, उपकुलपति डा. रामकण्ठ माकजु, सह कुलपति एवं उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, डिन डा. राजेन्द्रप्रसाद कोंजु, रजिस्टार डा. भोला थापाले दिक्षान्त प्रमाणपत्र वितरण गरेका थिए ।

दिक्षान्त समारोहमा भाईस चान्सलर स्वर्ण पदकबाट एमविविएस कार्यक्रम काठमाडौंमा अध्ययनरत प्रवल केसीले ८०.२६ प्रतिशत प्राप्त गरी पुरस्कृत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्