रौतहटको गुजरामा बम !



सञ्जय कार्की, रौतहट । अज्ञात समुहले राखेको बम नेपाली शेनाको डिस्पोजल टोलिले सोमबार निस्क्रिय पारेको छ । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर बजार भन्दा पुर्बपटि सोमबार बिहानै प्लाष्टिकले बेरिएको अबस्थामा भेटिएको बम नेपाली शेनाको टोलिले निस्क्रिय पारेको हो । प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनको मिति नजिकिदै गएपछि रौतहटमा बम आतकले स्थानीयबासिन्दा त्रसिद बनेका छन । सुरक्षा चुनौति समेत थपिदै गएको छ । बाटोमा बम राखेको कारण त्यसक्षेत्रको आगामन चार घण्टा अबरुद्ध बनेको थियो । स्थानीयले बम देखेपछि नेपाली शेनाको टोलिले निस्क्रिया पारेको हो । चुनाबी प्रचार प्रसार लाई बिथोल्ने हेतुले अज्ञात समुहले बम राखेको हुन सक्ने अनुमान गरिएको छ । बम निस्क्रिय पार्द ठुलो आवाज आएपनि बम कुन हो भन्ने खुल्न सकेको छैन । गएको शनीबार मात्रै चन्द्रपुर–५ स्थित राधाकृष्ण मंदिरको हलमा बामगठबन्धनको पाँच नम्बर वडा भेला सम्पन्न भएर खाजा खान हल बाट बाहिरीने क्रममा बम बिस्फोट हुदा ३१ बर्षिय सीता राई, ७ बर्षिय जैबिक राई, ४५ बर्षिय लक्ष्मि साह, ५४ बर्षियरत्न बहादुर बिक, ४८ बर्षिय कुन्ता खत्री, ३९ बर्षिय गोपाल बिक, ४५ बर्षिय दिलमाया राई, ५० बर्षिय यमुना काफले घाईते भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्