‘एमाले मधेश विरोधी होइन’



मोरङ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई/मधेश विरोधि पार्टी नभएको स्पष्ट पारेका छन । विराटनगर महानगरापलिका–१० मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू प्रम भएको सयममा मधेशको विकासका लागि गरिब जनताको आवासका लागि २० हजार घर निर्माण, हुलाकी राजमार्ग, चक्रपथ निर्माण र आधुनिक कृषि उत्पादनमा वृद्धि लगायतका कार्यक्रममा वजेट विनियोजन गरेको जानकारी दिए । उनले केही राजनीतिक दलका कारणले मधेशमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पिछडिएको चर्चा गर्दै दाइजो र बोक्सी कुप्रथा अन्त्य गर्न मधेशवादी दललाई कुनै चिन्ता नभएको आरोप समेत लगाए ।

प्रतिक्रिया दिनुहोस्