​पूर्वराज्यमन्त्रीसहित कांग्रेसका प्रभावशाली नेता एमालेमा



बिराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री भीमलाल राजबंशी र कांग्रेसका युवानेता उमेश गिरी आइतबार एमालेमा प्रवेश गरेका छन् । बिराटनगरको बिराटचोकमा आइतबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजबंशी र गिरीलाई एमालेमा प्रवेश गराएका छन् । गिरी मोरङको राजनीतिमा प्रभाव राख्ने नेता मानिन्छन् ।
एमाले अध्यक्ष ओलीले आगामी निर्वाचनपछि वाम गठबन्धनको दुईतिहाई बहुमतको सरकार बनेपछि स्थीर सरकार बन्ने र देशले आर्थिक समृद्धि हासिल गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्