पाँचथरमा फेला परेको बम डिस्पोजल गरियो



जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ स्थित चतुरेमा फेला परेको बम डिस्पोजल गरीएको छ । नेपाली सेनाको भैरवी दल गण,जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले संयुक्त रुपमा बम निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीष विज्ञान बस्नेतले जानकारी दिनुभयो । प्लाष्टिकमा तार सहितको जडान गरी बम राखेपछि सवारी साधान समेत ३ घण्टा सम्म आवातजावत बन्द भएको थियो । यसअघि पनि पाँचथरको फिदिम बजारमा एक हप्ता अघि जगबम फेला परेर डिष्पोज गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्