कम्यूनिष्टहरुको सरकार बने अलैचिको व्यापार चिनमा पनि !



रविन भट्टराई, ताप्लेजुङ ।

नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभाका उम्मेदवार योगेश भट्टराईले कम्यूनिष्टहरुको सरकार आएपछि अलैचिको बिक्रि चिनमा पनि सुरु हुने बताउनुभएको छ ।

गाउँपालीका केन्द्रित चुनावि अभियान सक्दै नगरपालीका केन्द्रित अभियान सुरु गर्नुभएका भट्टराईले फुङ्लिङ नगरपालीका स्थानियलाई अलैचि विकेन भनेर चिन्ता नगर्न आग्रह गर्दै अब कम्यूनिष्टहरुको सरकार भए पछि चिनमा पनि अलैचि व्यापारको तयारी भईरहेको बताउनुभएको हो ।

काँग्रेशले कम्यूनिष्टहरुको सरकार आए भारतमा पनि अलैचि नि¥यात ठप्प हुने हल्ला गरेको भन्दै झुटो नबोल्न आग्रह गर्दै व्यङ्ग्यात्मक शैलिमा झुटो बोले बुढेसकालमा मुखमा घाउ निस्कने बताउनुभयो ।

अहिले ताप्लेजुङबाट ओलाङ्चुङगोला हुँदै चिनको तिब्बत जोडेने सडक समेत निर्माण भईरहेको र देशका विभिन्न स्थानबाट सडकले चिन जोड्ने हुँदा कम्यूनिष्टको सरकार भएपछि धेरै अलैचि चिन र बाँकि भारत पनि निर्यात हुनेमा संका नगर्न आग्रह गर्नुभयो ।

विकास र जनताको दुख बुभ्mननै एमाले र माओवादि केन्द्र विच बाम गठबन्धन भएको बताउँदै उहाँले बाम गठबन्धनलाई भोट दिई विजयी गराउन मतदातालाई आग्रह समेत गर्नुभयो ।

अहिले ताप्लेजुङका राजनितिक दलहरु चुनावको मिती नजिकिए सँगै गाउँ अभियान सकि सहर र नगर केन्द्रित अभियानमा जुटेका छन् । ताप्लेजुङमा पहिलो चरण अन्तर्गत मंसिर १० गते प्रदेश र प्रतिनिधि सभाको चुनाव हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्