स्रष्टा कलाकारलाई परिचयपत्र प्रदान गरिने



नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाली संगीत तथा नाट्य विधामार्फत् समाज र राष्ट्रमा योगदान गर्ने स्रष्टा तथा कलाकारलाई परिचयपत्र प्रदान गर्ने भएको छ।

प्रतिष्ठानले आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी स्रष्टा र कलाकारहरूलाई परिचयपत्र प्रदान गर्न लागिएको जानकारी गराएको छ। कार्यक्रममा गीतकार, संगीतकार, लोक भाका संकलक, गायक÷गायिका, संगीत संयोजक, वाद्यवादक, नृत्यकार, नाटककार, निर्देशक र रंगकर्मीलाई प्रतिष्ठित, वरिष्ठ र साधारण गरी तीन प्रकारको परिचयपत्र वितरण गरिने प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले जानकारी गराए।

यसका लागि स्रष्टा तथा कलाकारले विभिन्न मापदण्ड र योग्यता प्राप्त गर्नुपर्नेछ। पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले कलाकारलाई विभिन्न स्थानमा जाँदा सहज होस् भन्न लागि परिचयपत्र उपयुक्त हुने बताए। ‘परिचयपत्र प्राप्त गर्नु सम्पूर्ण कलाकारका लागि खुसीको कुरा हो र म यसको श्रेय प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटालाई दिन चाहन्छुु’ –गीतकार रत्नसमशेर थापाले भने। परिचयपत्र वितरणबाट प्राप्त रकम खर्च कटाएर प्रतिष्ठानको कल्याणकारी कोषमा राखिने प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्