काठमाडौं विश्वविद्यालय २३ औं दीक्षान्त समारोह (मेडिकल)



काठमाडौं विश्वविद्यालय

२३ औं दीक्षान्त समारोह (मेडिकल)

२०७४ मंसिर ४ (नोभेम्बर २०, २०१७)

काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साईन्सेजका स्नातकहरूलाई हार्दिक बधाई

 

विश्वविद्यालयको परिचय

काठमाडौं विश्वविद्यालय ऐन, २०४८ द्वारा स्वायत्त, गैरमुनाफामुखी सामुदायिक शिक्षण संस्थाका रूपमा यस विश्वविद्यालयको स्थापना भएको हो । उच्च स्तरको शैक्षिक एवं प्राज्ञिक विशिष्टता कायम राख्न सदा समर्पित यस विश्वविद्यालयको मार्गदर्श

सिद्धान्त‘अन्तर्राष्ट्रिय स्त रको विश्वविद्यालय भई ज्ञान र प्रविधिको विकास गरी देशको सेवा गर्नु’ हो ।

यस विश्वविद्यालयअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि हाल ७ वटा स्कुलहरू रहेका छन् ।

स्कुल अफ मेडिकल साइन्सेज परिचय तथा यसका कार्यक्रमहरू

 

काठमाडौँ विश्वविद्यालयको चिकित्सा विज्ञानको अध्ययन–अध्यापनका लागि स्कुल अफ मेडिकल साइन्सेजको सुरुवात २०५१ (सन् ज्ञढढद्ध) सालमा पहिलोपटक प्राइभेट मेडिकल कलेज (मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा) लाई एम. बी. बी. एस. कार्यक्रमको सञ्चालनका लागि सम्बन्धन प्रदान गरी सञ्चालनमा हुँदै आएको थियो ।

सन् २००७ बाट स्कुल अफ मेडिकल साईन्सेज स्वायत्त स्कुलको रुपमा संचालनका लागि धुलिखेल अस्पतालको सहकार्यमा संचालन हुदै आएको छ ।

त्यसपछि हाल यस स्कुल अन्तर्गत नेपालभित्र हाल ७ मेडिकल कलेज, १ डेन्टल कलेज र १ नर्सिङ कलेज गरी जम्मा ९ वटा सम्बन्धनप्रदत्त, २ मेडिकल कलेजमा विस्तारित कार्यक्रम र १ ऋयलकतष्तगभलत उचयनचबm को रुपमा सञ्चालनमा रहेका छन् भने यी कलेजहरूमध्ये १० वटा कलेजहरूमा एम. बी. बी. एस., ८ वटामा बी. एस्सी. नर्सिङ र ६ वटामा बी. डी. एस. कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सन् २००१ देखि धुलिखेलमा एम. बी. बी. एस. तहको अध्ययन सुरु गरी हाल आफ्नै कार्यक्रमअन्तर्गत । DM/ M.Ch, MD/ MS/ MDAS/M.Sc (Medical), M.sc. in Nursing, MBBS, BDS, BSc Nursing, Bachelor of physiotherapy, Bachelor in Nursing science, Bachelor in Midwifery and PCL Nursing सञ्चालनमा रहेका छन् ।

धुलिखेल अस्पताल काठमाडौँ विश्वविद्यालय अस्पतालको परिचय

 

चिकित्साविज्ञानको उच्च विकास सँगसँगै जटिल स्वास्थ्यसमस्याको निदान र उपचारको सम्भाव्यता विश्वमै बढ्दै गएको परिस्थितिमा नेपालका ग्रामीण क्षेत्रमा स(साना रोगको उपचारको पनि अभाव तथा रोकथाम गर्न सकिने थुप्रै समस्याहरूसँगै जटिल प्रकारका रोगहरूको सामना गर्नुपर्ने समस्याहरूको समाधानका लागि नेपाल सरकारका विभिन्न स्वास्थ्य निकाय, शिक्षण अस्पतालहरू तथा निजी क्षेत्रबाट दिइँदै आएको सेवालाई अझ टेवा पुर्याउन धुलिखेलका स्थानीयवासीको पहलमा २०५३ सालमा धुलिखेल अस्पतालको स्थापना भएको हो । आज यो अस्पताल राष्ट्रिय स्तरको नमुना सामुदायिक एवं विश्वविद्यालय अस्पताल भएको छ । गैह«नाफामुखी यस सामुदायिक अस्पतालले विकट गाउँमा सामुदायिक स्वास्थ्य कार्यक्रम र प्राथमिक स्वास्थ्यसेवा पुर्याउनेदेखि आधुनिक चिकित्साप्रणालीको सेवा पनि उपलब्ध गराउँदै आएको छ । यस अस्पतालमा चिकित्साशास्त्र अध्यापन र अनुसन्धान कार्य पनि भइराखेको छ । हाल अस्पतालमा ४७५ शैया मार्फत सेवा प्रदान हुँदै आएको छ ।

सामुदायिक स्वास्थ्यसेवा

 

 

सेवा लिने व्यक्तिहरू सेवा दिने स्थानमा पुग्नुभन्दा सेवा दिने हातहरू सेवाग्राहीसम्म पुग्ने अवधारणाअनुसार अस्पतालले विभिन्न समुदायका व्यक्तिहरूको सहयोग तथा सहभागितामा देशका विभिन्न ग्रामीण क्षेत्रहरूमा प्राथमिक स्वास्थ्यकेन्द्रहरू स्थापना गरी चौबीसै घन्टा स्वास्थ्यसेवा पुर्याउँदै आएको छ, जुन निम्नानुसार छन् ः

सामुदायिक स्वास्थ्यसेवा केन्द्रहरू ः  

१) बालुवा स्वास्थ्य केन्द्र, काभ्रे २) बाहुनीपाटी स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक ३) बोल्देफेदिचे स्वास्थ्य केन्द्र, काभ्रे ४) छत्रे देउराली स्वास्थ्य केन्द्र, धादिङ ५) दाप्चा स्वास्थ्यस केन्द्र, काभ्रे ६) गोदामचौर स्वास्थ्य केन्द्र, ललितपुर ७) कात्तिकेदेउराली स्वास्थ्य केन्द्र, काभ्रे ८) सलम्बु स्वास्थ्य केन्द्र, काभ्रे ९) खरीखोला स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक १०) हिम्दी स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक ११) मानेखर्क स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोक १२) ढुंखर्क स्वास्थ्य केन्द्र, काभ्रे १३) किर्नेटार स्वास्थ्य केन्द्र, दोलखा १४) फलेवास स्वास्थ्य केन्द्र, पर्वत १५) दोर्पु स्वास्थ्य केन्द्र, सोलुखुम्बु १६) गौरी शंखर सामूदायिक अस्पताल , दोलखा १७) याङरमिा स्वास्थ्य केन्द्र्र १८)थाङसिङ्ग स्वास्थ्य केन्द्र, नुवाकोट १९)दुम्जा स्वास्थ्य केन्द, सिन्घुली

सहकार्यमा संचालित अस्पतालहरु ः

१)आँपपीपल सामुदायिक अस्पताल, गोर्खा २) तामाकोसी सहकारी अस्पताल, सिन्धुपाल्चोक ३) सहज सामुदायिक अस्पताल, नवलपरासी ४) वयलबाटा अस्पताल , अछाम।

उक्त केन्द्रहरूमा प्राथमिक स्वास्थ्यसेवा मात्र होइन, विशेषज्ञ स्वास्थ्यसेवा पुर्याउने उद्देश्यले चिकित्सकहरूको नियमित भ्रमण तथा विभिन्न विशेषज्ञसहितका टोलीहरूका विशेष शिविरहरू सञ्चालन गरी स्वास्थ्यसेवा पुर्याउँदै आएको छ ।
जनताको स्वास्थ्य , उपचारात्मक संगै प्रतिशोधात्मक तथा सामुदायिक विकार संग पनि प्रत्यक्ष सरोकार राख्ने भएकोले उक्त स्थानहरुमा विभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रम पनि गर्दै लगेको छ जस्तै ः विद्यालय, स्वास्थ्य कार्यक्रम, खानेपानी परियोजना,सुधारिएको चुलो ,
माइक्रोफाइनान्स आदि ।

काठमाडौँ विश्वविद्यालयबाट मेडिकलतर्फका सम्बन्धनप्रदत्त कलेजहरू

 

 

 

 

 

काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साईन्सेज मातहतबाट हाल करिब ७००० शैयामा अस्पतालहरू सञ्चालन भई करिब १२००० जनालाई प्रत्यक्ष रोजगारी उपलब्ध गराउँदै आएको छ ।
छात्रवृत्ति
स्कुल अफ मेडिकल साइन्सेजअन्तर्गत शैक्षिक सत्र २०१७ बमोजिम वार्षिक एम. बी. बी. एस. कार्यक्रममा १०५ जना र बी. डी. एस. कार्यक्रममा २५ जनालाई तथा बी.एस्सी. नर्सिङ्ग कार्यक्रममा ६ जनालाई शिक्षा मन्त्रालयमार्फत निःशुल्क छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्