कांग्रेस उम्मेदवारको गाडीमा बम विस्फोट, बारामा तनाव



बारा । बाराको जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरामा बम विस्फोट भएको छ ।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार ओमकृष्ण कार्की चढ्ने स्कारपियो गाडीलाई लक्षित गरी कुकर बम विस्फोट गराइएको हो ।

विस्फोटबाट गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ । सोमबार बिहान गाडीमा प्रेसर कुकर बम फिस्फोट गराइएको प्रहरीले जनाएको छ ।

तर विस्फोट गराउने समहूबारे खुल्न नसकेकाले अनुस्नधान भइरहेको प्रहरीले जनाएको छ । गाडी चालक राधाकृष्ण ठकुरीले आइतवार प्रचार प्रसार सकाएर गाडी आफ्नो घरमा पार्किङ गरेर राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्