सिंहदरवारमा सुरक्षा समितिको आकष्मिक बैठक बस्दै !



काठमाडौँ । देशभरि चुनावविरोधी गतिवधि बढ्दै गएपछि केन्द्रीय सुरक्षा समितिको आकष्मिक बैठक बस्न लागेको छ ।

बैठकका लागि प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुराबाट सोमबार बिहानै काठमाडौँमा आउँदैछन् ।

देशभर वाम गठबन्धनलाई लक्षित गरेर आक्रमण भइरहेका बेला सुरक्षा समितिको बैठक बस्न लागेको हो ।

बैठक बिहान नौ बजे सिंहदरबारस्थित गृहमन्त्रालयमा बस्न लागेको हो । पछिल्लो समय नेत्रविक्रम चन्द विप्लव नेतृत्को नेकपासहितका समूहले निर्वाचनविरोधी गतिविधि तीब्र बनाएका छन् ।

निर्वाचनविरोधी गतिविधि बढ्दै गइरहेका बेला आइतवार प्रधानसेनापति राजेन्द्र क्षेत्री परिआएमा सेना हतियारसहित ब्यारेकबाट निस्कने प्रतिक्रिया दिएका थिए ।

यो बैठकमा तीन नम्बर प्रदेशका सुरक्षा अधिकारीहरु पनि सहभागी हुनेछन् । बैठकमा तीन नम्बर प्रदेशका प्रमुख जिल्ला अधिकारीहरुलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्