२ हजार २ सय ७३ उम्मेदवार



सुनील महर्जन, काठमाडौं
तिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ २ हजार २ सय ७३ उम्मेदवार कायम रहेका छन्।

निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको उम्मेदवारको बन्दसूची अन्तिम रूपअनुसार सो संख्या कायम गरिएको समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बताउनुभयो।

त्यस्तै सातवटै प्रदेशका समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रदेशसभा सदस्यका लागि ३ हजार ५ सय ६५ उम्मेदवार कायम रहेका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको कूल उम्मेदवार ५ हजार ८ सय ३८ रहेका छन्।

राजनीतिक दलले गत असोज २९ गते पेश गरेका उम्मेदवारको बन्दसूचीको प्रारम्भिक विवरण आयोगले गत कात्तिक १७ गते सार्वजनिक गरेको थियो। आयोगले उम्मेदवारको छानबिन गरी २ सय ५६ जना उम्मेदवार अयोग्य ठहरिएको प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। त्यसमध्ये ३ जना उम्मेदवारले आफै आफ्नो उम्मेदवारी फिर्ता लिएको र दावी विरोध तथा कानुनबमोजिम योग्यता नपुगेका उम्मेदवार २ सय ५३ को उम्मेदवारी रद्द गरिएको आयोगले जनाएको छ।

आयोगले राजनीतिक दलबाट पेश भएका बन्दसूचीमा संलग्न उम्मेदवार उपर उजुरी दिनका लागि गत कात्तिक १८ देखि २४ गतेसम्म समय तोकिएको थियो। सो मितिभित्र पर्न आएका उजुरलाई छानबिन आयोगले सो संख्यामा उम्मेदवार कायम गरिएको हो।

आयोगका अनुसार प्रदेश नम्बर १ मा ५ सय ७७, प्रदेश नम्बर २ मा ८ सय ४, प्रदेश नम्बर ३ मा ७ सय ७४, प्रदेश नम्बर ४ मा ३ सय १९, प्रदेश नम्बर ५ मा ६ सय ४, प्रदेश नम्बर ६ मा २ सय ६ र प्रदेश नम्बर ७ मा २ सय ८१ उम्मेदवार कायम रहेका छन्। आयोगले सार्वजनिक गरेको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा रहेका उम्मेदवार प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकालभरि मान्य हुनेछ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ राजनीतिक दलका र प्रदेशसभा सदस्यका लागि ५३ राजनीतिक दलका गरी जम्मा ६ हजार ९४ उम्मेदवार बन्दसूचीमा समावेश भएको प्रारम्भिक विवरण रहेको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ८ सय ३८ जना उम्मेदवारमध्ये समावेशी समूहअनुसार आदिवासी जनजाति समूहमा ७ सय ६७ जना पुरुष, ८ सय ८१ जना महिला र १ जना अन्य गरी जम्मा १ हजार ६ हजार ४९ (२८.२५५) जना रहेका छन्। त्यस्तै खसआर्य समूहमा ८ सय ४५ जना पुरुष र ९ सय ४७ जना महिला गरी जम्मा १ हजार ७ सय ९२ (३०.७०५) जना रहेका छन्।

थारु समूहमा १ सय ५५ जना पुरुष र २ सय ४९ जना महिला गरी जम्मा ४ सय चार (६.९२५) जना रहेका छन्। दलित समूहमा ३ सय ३६ जना पुरुष र ४ सय ५९ जना महिला गरी जम्मा ७ सय ९५ (१३.६२५) जना रहेका छन्। मधेसी समूहमा ४ सय ३७ जना पुरुष र ५ सय ३५ जना महिला गरी जम्मा ९ सय ७२ (१६.६५५) जना रहेका छन्। मुस्लिम समूहमा ८० जना पुरुष र १ सय ४६ जना महिला गरी जम्मा २ सय २६ (३.८७५) जनाको उम्मेदवारी कायम भएको छ।

त्यस्तै गरी प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारमा १ हजार ४८ जना पुरुष उम्मेदवार, १ हजार २ सय २४ जना महिला उम्मेदवार र १ जना अन्य लिङको उम्मेदवारी कायम भएको छ।
त्यसअनुसार पुरुष ४६.११ प्रतिशत, महिला ५३.८८ प्रतिशत र अन्य ०.०४ प्रतिशत कायम हुन आउँछ। २ हजार २ सय ७३ जना उम्मेदवारमध्ये समावेशी समूहको आदिवासी जनजाति जम्मा ६ सय ५५ (२८.८२५), खसआर्य समूहमा जम्मा ७ सय ३ (३०.९३५), थारु समूहमा जम्मा १ सय ५१ (६.६४५), दलित समूहमा जम्मा ३ सय १५ (१३.८६५), मधेसी समूहमा जम्मा ३ सय ५५ (१५.६२५) र मुस्लिम समूहमा जम्मा ९४ (४.१४५) जनाको उम्मेदवारी कायम भएको छ।

प्रदेशसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नम्बर १ देखि ७ सम्ममा १ हजार ५ सय ७२ जना पुरुष र १ हजार ९ सय ९३ जना महिला गरी ३ हजार ५ सय ६५ जनाको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ।

त्यसक्रममा ४४.१० प्रतिशत पुरुष र ५५.९० प्रतिशत महिलाको उम्मेदवारी रहेको छ। प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहअनुसार प्रदेशसभातर्फ आदिवासी जनजाति समूहमा ४ सय ४९ जना पुरुष र ५ सय ४५ जना महिला गरी जम्मा ९ सय ९४ (२७.८८५) जना, खसआर्य समूहमा ५ सय २ जना पुरुष र ५ सय ८७ जना महिलासहित जम्मा १ हजार ८९ (३०.५५५) जना, थारु समूहमा १ सय ३ जना पुरुष र १ सय ५० जना महिला गरी जम्मा २ सय ५३ (७.१०५) जना, दलित समूहमा १ सय ९३ जना पुरुष र २ सय ८७ जना महिला गरी जम्मा ४सय ८० (१३.४६५) जना, मधेसी समूहमा २ सय ७७ जना पुरुष र ३ सय ४० जना महिला गरी जम्मा ६ सय ७ (१७.३१५) जना, मुस्लिम समूहमा ४८ जना पुरुष र ८४ जना महिला गरी जम्मा १ सय ३२ (३.७०५) जनाको उम्मेदवारी कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्