मृत्युको ३ घन्टापछिमात्रै अस्पताल पुर्‍याइएका थिए प्रकाश !



काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको अस्पताल लैजानु तीन घन्टा अघि नै निधन भएको नर्भिक अस्पतालले जनाएको छ ।

आकस्मिक हृदयघात भएपछि उपचारका लागि ५ः५० बजे नर्भिक अस्पतालमा पुर्याएपनि दाहालको तीन घन्टा अघि नै निधन भएको नर्भिक अस्पतालका डाक्टर जेपी जैसवालले बताए ।

अस्पताल परिसरमै पत्रकार सम्मेलन गरेर दाहालको मृत्यु अस्पताल ल्याउनु तीन घन्टाअघि नै भएको बताइएको हो । अस्पताल ल्याउँदा आँखामा कुनै रियाक्सन नरहेको र पल्स पनि नभएको डाक्टर जैसवालको भनाई छ । दाहालको शव अहिले माओवादी केन्द्रको कार्यालय पेरिस डाँडामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्