प्रकाश दाहालको शव अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने



नेपाल समाचारपत्र, काठमाडौं।
मृतक प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ ।

प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको हो । उनको शव अहिले नर्भिक अस्पतालमै राखिएको छ ।

चुनावी प्रचार प्रसारमा क्रममा झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड छोराको निधनको खबर पाए लगतै काठमाडौं उत्रिएका छन् ।

मृतक प्रचण्ड पुत्र प्रकाश दाहालको शव अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्