भारतीय सुन्दरी मानुषीलाई मिस वल्र्डको ताज



भारतीय सुन्दरी मानुषी छिल्लरले मिस वल्र्ड २०१७ को चम्किलो ताज चुमेकी छिन्। विश्वका विभिन्न देशका १ सय १७ देशका सुन्दरीलाई पछाडि पार्दै मानुषी यस वर्षको विश्व सुन्दरी घोषित भएकी हुन्। प्रतियोगिताको अन्तिम चरणमा निर्णायक प्रश्नको सबैभन्दा गहकिलो र सशक्त जवाफ दिई निर्णायकहरुको मन जित्दै उनी ताज चुम्न सफल भइन्।

यससँगै भारतले १७ वर्षपछि फेरि विश्व सुन्दरीमाथि विजय पाएको छ। यसअघि बलिउड सुन्दरीद्वय ऐश्वर्या राय र प्रियंका चोपडा विश्व सुन्दरी भएका थिए। चीनमा भव्यसाथ सम्पन्न मिस वल्र्ड २०१७ मा आफ्नो नाम उद्घोष भएपछि मानुषीले हर्षको आँसु झारेकी थिइन्। मेडिकल विधामा अध्ययन गरिरहेकी मानुषी १९९७ मे १४ तारिखमा हरियणामा जन्मेकी थिइन्। उनले भारत सुन्दरी हुँदै विश्व सुन्दरी प्रतियोगितामा प्रतिनिधित्व गरेकी थिइन्।

६७औं संस्करणको मिस वल्र्ड २०१७ मा नेपाल सुन्दरी २०१७ निकिता चन्दक भने उत्कृष्ट ४० मा सीमित भइन्। उनी पपलुर विधाको उत्कृष्ट १० मा पनि पर्न सफल भएकी थिइन्।

टेलिभिजन प्रत्यक्ष प्रसारणमार्पmत विश्वभरका सुन्दरी प्रतियोगिताप्रेमीले अवलोकन गरेको प्रतियोगितामा मेक्सिको सुन्दरी एन्ड्रेया मेजाले फस्ट रनर्सअप र बेलायती सुन्दरी स्टेफेनिया हिल सेकेन्ड रनर्सअप भए।

प्रतिक्रिया दिनुहोस्